छोटो समयमा द्रुत गतिमा विकास गछौँ :मन्त्री आलेमगर



SONY DSC

विमल विष्ट , डोटी  ।

नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले तिब्र रुपमा जनताका विकासका काम गर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोरायल वडा कमिटिले डोटीको जिल्लाको बुडरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले आफ्नो कार्यकाल छोटो भएपनि जनताका काम भने सबै पुरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो कार्यकाल छोटो छ, तर जनताका अधुरा रहेका सबै योजना पुरा गर्ने छौँ, समय भएन भनेर चुप बस्ने छैन काम गरेर देखाउने छु ।”सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेमगरले आफ्नो कार्यकाल पाँच महिने अवधीको भएपनि आफुले यो पाँच महिनाको अवधीमा कम्तिमा पनि १६ महिना वरावरको काम गर्ने दाबी गर्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुग्नु भएका मन्त्री आलेमगरले जनताका विकासमा बाधा पर्ने कुनैपनि काम नरोक्ने प्रतिबद्धता जनाउनु भएको छ ।“

जनताले विस्वास गरेर निर्वाचित गराए, मन्त्री पनि बने, उहाँले थप भन्नुभयो, “मलाई विस्वास गरेर यहाँ सम्म पु-याउने जनताको काम नगर्नु भनेको महा पाप हो ।” यसै गरी मन्त्री आलेमगरले वन मन्त्रालयका कारण देश भरीमा रोकिएका ठूला योजनाका आइए, इआइएका कामहरु अब नरोकिने समेत उद्घोस गर्नु भयो । उहाँले भन्नुभयो, “हामीसँग समय कमछ, निर्वाचनको मिति तोकिएको छ, तर वनका कारण रोकिएका कुनैपनि ठूलो योजनामा अब अरोध हुँने छैन, जनताका विकासका काम सबै पूर्ण हुँने छन् ।” एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री आलेमगरले पछिल्लो समय आफ्ना विषयमा आइरहेका नानाथरीका टिकाटिप्पणीका कुनै औचित्य र दम नभएको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, “काम नपाएका केही थान खेस्रा कागजले मेरोबारे नाना थरी बोल्दै आएका छन्, उनीहरुले भन्दै आएका कुरामा एक प्रतिसतपनि प्रमाण भेटिए सजाया भोग्न तयार छु ।”

सम्माननीय प्रधानमन्त्री ज्युले बिस्वासका साथ मन्त्री पदको जिम्मेवारी दिनु भएकाले आफुले जिम्मेवारीमा रहदा सम्म कुनैपनि आच आउने काम नगर्ने तथा आफ्ना कारणले प्रधानमन्त्री सहित देश भरीका नागरिकको सिर झुकाउने काम कहिले नगर्ने बचन बद्धता समेत व्यक्त गर्नु भयो । यसैगरी मन्त्री आलेमगरले घरमा फुट गरेर बाहिर निस्किनु आफैमा राम्रो नभएकाले फुट गरेर सडकमा जानु भएका नेकपाका नेताहरुलाई पार्टीमै पुनः फर्किएर एक ढिक्का भएर लाग्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले पहिलो पटक सरकारको नेतृत्व गर्दा लामो समयको नाकाबन्दीको सामना गरेर होस वा संविधान निर्माण गर्दाको बेलामा खेलेको भूमिकाका कारण नेकपाले दोश्रो पटक निर्वाचित भएर सरकारको नेतृत्व गर्न सफल भएको बताउनुभयो ।

करिब दुइ तिहाइ नजिक पुगेको सरकारले संविधानको मर्म अनुरुप देश विकास र शान्ति सुरक्षा कायम गर्दै देशले गुमाएको भूमि लिपुलेक कालापानी फिर्ता ल्याउन पहल गर्दागर्दै आफ्नै पार्टीबाट असहयोग भएको आरोप लगाउनु भयो । आफ्नै पार्टीभित्रबाट खुट्टा तान्ने काम भएको र काम गर्न दिने वातावरण नभएको तर सम्माननीय प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, राष्ट्रपतिलाई महाअभियोग लगाउने दुस्प्रयास भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको मन्त्री आलेले दाबी गर्नु भयो ।देशभरका करिब ६४ प्रतिशत नेपाली जनाताबाट निर्वाचित भएका सार्वभौमसत्ता सम्पन्न प्रतिनिधी सभा विघठन भएर ताजा जनादेशका लागि निर्वाचनको मिति तय भइ सकेकोले त्यसको स्वागत सहित सबैले निर्वाचनका लागि होमिनु पर्ने उहाँको भनाइ थियो ।

वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पाएका पूर्व मन्त्रीहरुले गरेका कामहरुमध्ये छोटो कार्यकालमा पनि आफुले उत्कृष्ट काम गरेर मात्रै निस्कने उहाँले बताउनुभयो । यसैगरी आफ्नो मन्त्रालयले ठूला ठूला पोखरी बनाउँने, पहिरो आउने ठाउँमा वृक्षारोपण गर्ने, जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्योग सञ्चालन गर्ने, चिडियाखाना बनाउँने र रोजगारी दिलाउने काम गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्