पेट्रोलियम पदार्थ लोड अनलोड गर्न आधुनिक प्रविधि जडान



काठमाडौं   ।

नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा पेट्रोलियम पदार्थ लोड अनलोडका लागि आधुनिक प्रविधि जडान गर्ने कार्य शुरू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो कार्यको शुरूआत गर्नुभएको हो । आधुनिक प्रविधि जडान कार्यको शुरूआ गर्दै सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन प्रविधि जडान गरिएको बताउनुभयो ।

त्यस्तै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत् पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउ“दै लैजाने जानकारी दिनुभयो । एपीआई मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्यांकर÷ट्रक लोड गर्न अतधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

दुई करोड ५० लाख रुपिया“को लागतमा उक्त प्रविधि जडान गरिएको निगमका कार्याकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिन्छ । उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल÷मट्टितेल र हवाई इन्धन बिक्री हु“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्