ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी २७ अर्ब



काठमाडौं । 

ग्लोबल आइएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपिया“ (प्रस्तावित १४ प्रतिशत बोनसप्रश्चात करिब २१ अर्बभन्दा बढी) र सञ्चित कोष गरी प्राथमिक पु“जी २७ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ  र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ  भन्दा बढी पुग्नेछ ।

७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउन्टर, २३ राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकबाट बैंकले रेमिट्यान्स भि-याउँदै आएको छ ।

१४औं वार्षिक उत्सवको अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंंकिङ सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउनुभएको छ । अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर-एक्विजिशनपछि बैंकको पु“जीमा वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताउनुभयो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताउनुभयो । मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु-याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्