भाइरल बनेको काठमाडौंको ‘अम्ब्रेला स्ट्रीट’ (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

न्युरोडस्थित संकटा मन्दिर मार्ग यतिबेला अम्ब्रेला स्ट्रीटका रुपमा परिचित छ । अचेल दैनिकजसो ब्यस्त बनेको अम्ब्रेला स्ट्रीटमा टिकटक भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुको भिड लाग्ने गरेको छ ।

रंगीचंगी प्रकारका करिब ६ सय वटा छाताहरु सडकमाथि सजाईएका कारण आकर्षक बनेको सडकमा भिडभाड भने अत्यन्तै बढेको छ । सडकमा सवारी जाम भएर ट्राफिक प्रहरीलाई व्यवस्थापनमा पनि हैरान बनाएको छ ।

ब्यापारीले चहलपहल बढाउन र ग्राहक तान्न त्यहाँ रंगीचंगी  छाताहरु राखेपछि हाल टिकटक बनाउने र फोटो खिच्नेहरुको भिड लाग्न थालेको हो ।

तस्वीर : विश्व रैगाईँ

                         

प्रतिक्रिया दिनुहोस्