केपी ओली लम्पसारवादी हुन् : जनार्दन शर्मा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली लम्पसारवादी भएको बताएका छन् । ओलीलाई कठपुतलीसमेत भएको आरोप नेता शर्माले लगाएका छन् ।

आज विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता शर्माले ओली स्वार्थी भएको बताउँदै उनले भने, ‘केपी ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे ।’

प्रतिक्रिया दिनुहोस्