प्रचण्ड-माधव समूहद्वारा फेरि आन्दोलन गर्ने घोषणा, यस्ता छन् दोस्रो चरणका कार्यक्रमहरू



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । संसद विघटनबिरुद्ध उनीहरु आन्दोलित बनेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेससंग मिलेर आन्दोलन गर्ने तयारी गरेपनि उनीहरु खासै चासो नदिँदा प्रचण्ड माधव पक्ष एक्ले सडकमा उत्रिने भएको हो ।

यस्ता छन् आन्दोलनका कार्यक्रमण…

पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।

पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।

२३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।

२७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।

२८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।

२९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।

३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।

५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।

१६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।

२२ माघमा वडा तहमा मसाल जुलुस ।

२३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

प्रतिक्रिया दिनुहोस्