शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा अधिकारी



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा पत्रकार सञ्जाल नेपाल(इजोन)को अध्यक्षमा गोरखापत्रका प्रकृति अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न सातौ अधिवेशनले उहाको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः अन्नपुर्णपोष्टका सूर्यप्रसाद पाण्डे, द काठमाडौ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा घामछाँया डटकमका रुपेश आचार्य, द राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिभिजनका दीपक अर्याल निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्त राजेन्द्र उपे्रतिले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

त्यसअघि आयोजित साधारणसभामा महासचिव सूर्यप्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनमा इजोनका सल्लाहकार ईश्वरराज ढकाल र भवानीश्वर गौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्