पर्सियन खाडीमा अमेरिका-इरान युद्धको तयारी, ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट



Us Iran Conflict And Sanctions Or Agreement. Trade Deals And Crisis Or Tension – 2d Illustration

तेहरान (एजेन्सी) । 

नयाँ बर्षको सुरुवाट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुने तिथि नजिकिँदै गर्दा इरान र अमेरिकाबीच सैन्य मुठभेदको स्थिति देखिएको छ । अमेरिकाले आफनो परमाणु बम्पर पारसको खाडीमा पठाएको इरानले आरोप लगाएको छ भने डोनाल्ड ट्रम्प प्रशासनले विगत ४८ घन्टामा इरानी नौसेनामा सक्रियता देखिएको दावी गरेको छ ।

करिब एक बर्ष पहिला अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो ।

यसबीच इजरायली सन्चार माध्यमले अमेरिकी सुत्रलाई उदृत गर्दै इजरायल र साउदी अरेबियाले ट्रम्पलाई आफ्नो कार्यकाल पुरा हुनु पहिला इरानको परमाणु ठेगाना ध्वस्त गर्न उक्साइरहेको दावी गरेको छ ।

सीएनएनको रिपोर्ट अनुसार अमेरिकालाई जनवरी ३ मा सुलेमानीको बार्षिकीमा इरान अमेरिकालाई निसाना बनाउन कोशिस गर्न सक्ने डर छ । बाइडेनको जीतले आक्रोसित रहेका ट्रम्प पद छोड्नु अघि अब आउने सरकार समक्ष कठिन परिस्थिति निम्त्याउन इरानसँगको विवादलाई थप जटिल बनाउने प्रयास गर्न सक्ने राजनितिक विश्लेषकहरुले आशंका ब्यक्त गरेका छन् ।

बाइडेनको योजना इरानमाथि ट्रम्पले जुन दबाव दिइरहेको थियो त्यसलाई कम गर्नु हो र इरानसँग वार्ता गर्नु हो र इरानलाई परमाणु सम्झौतामा फर्काउनु हो । विज्ञहरुका अनुसार इरान कुनै पनि कदम अत्यन्तै सुझबुझ तरिकाले उठाउने छ ताकी बाइडेन आएपछि उमाथि लगाइएको प्रतिबन्ध खुकुलो होस् ।

तर ट्रम्प प्रशासन इरानलाई राहत दिने स्थितिमा देखिँदैन । गत हप्ता अमेरिकी सेन्ट्रल कमान्डले बग्दादमा अमेरिकी दुतावास नजिकै अन्तराष्ट्रिय क्षेत्रमा भएको हमला इरान समर्थित लडाकु समुहले गरेको दावी गरेको थियो । यसैबीच अन्तराष्ट्रिय परमाणु उर्जा एसोसिएसनमा रुसका राजदुतले शुक्रबार इरान सन् २०१५ अघि भएको परमाणु सम्झौता बराबरको युरेनियम हासिल गर्ने बताए । यसले पनि दुई देशबीच तनाब गहिरिन सक्ने बताइएको छ ।

इरानी रिभोलुसनरी गार्डका शिर्ष कमान्डर जनरल हुसैन सलामीले अमेरिकाको नाम नलिइकन इरानलाई कुनै पनि शक्तिको सामना गर्न कुनै समस्या, चिन्ता वा आशंका नभएको बताए । हामी आफ्नो दुश्मनलाई युद्धको मैदानमा अन्तिम जवाफ दिन सक्छौं । यसबी अमेरिकाले बी ५२ बम्बरको उडान संचालन गर्दै फारस खाडीमा एक परमाणु पनडुब्बी पठाएको छ । अमेरिकाले खाडी देशमा तैनाथ गरेको बी ५२ बम्बर्स परमाणु क्रुज क्षेप्यास्त्रबाट हमला गर्न सक्षम बताइएको छ ।

ट्रम्पको गिरफ्तारी वारेन्ट

यसबीच इरानले अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । ट्रम्पको गिरफ्तारीका लागि इरानले इन्टरपोलसँग पनि मद्दत मागेको छ । इरानले ट्रम्प लगायत अन्य ३० भन्दा धेरै ब्यक्तीमाथि बग्दादका कयौ ठेगानामा ड्रोन हमला गरेको आरोप लगाएको छ । जसमध्य ३० जनवरीमा भएको एक हमलामा सुलेमानीको मृत्यु भएको थियो । उनीहरुमाथि हत्या तथा आंतंकवादको आरोप लगाइएको छ । तेहरानका अधिवक्ता अलि अलग सुमेरले अन्य ३० ब्यक्तीको नाम भने उल्लेख गरेको छैन । ट्रम्पलाई उनको कार्यकाल समाप्त भएपछि पनि गिरफ्तार गर्ने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्