लडाकु समूहद्वारा २५ जनाको हत्या



कङ्गो ।

नयाँ वर्ष मनाउन गएको एउटा घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ ।

स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्