नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्रीले निकास दिन संसद विघटन गर्नुभयो : मन्त्री श्रेष्ठ



न्युज अफ नेपाल, ललितपुर ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले देशमा नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन संसद विघटन गर्नुभएको स्पष्ट पार्नुभएको छ ।

उहाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताब ल्याएर हटाउने र प्रधान न्यायधिश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताउनुभयो ।

नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गर्नुभयो । भन्नुभयो–‘देशलाई ठुलो संकटबाट जोगाउन बाध्य भएर संसद विघटन गर्नुपरेको हो , अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।

‘यदी नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड –माधव नेपाल गुटको नामोनिसाना रहदैन । पार्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर बाटोमा कुर्लिदै हिड्न थालेको आरोप लगाउदै भन्नुभयो–‘घर मुलीलाई हटाएर बाटोमा हामी यहा छौ भन्नु हास्यास्पद हो ।

भन्नुभयो–उहाहरुको आन्दोलनको कुनै औचित्यता छैन । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौ । श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौ ।

हामीलाई पेरिसडाँडा चाहिदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रोे हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौ । ‘म यो भन्न चाहन्छु कि आफ्नो सम्पत्तीमा कसैले हस्तक्षेप गर्दैन ललितपुर पार्टी कार्यालय तपाईहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपछर्’–उहाले भन्नुभयो ।

उहाले नेकपाको चुनाव चिन्ह सूर्य हो, हामी सूर्य चिन्हबाट चुनावमा उठ्नेछौ भन्नुभयो । प्रचण्ड–माधव नेपाल र झलनाथ खनाललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने टिप्पणी गर्नुभयो । भन्नुभयो–उहाहरुलाई सूर्य चिन्ह चाहिएको हो भने एकएक थान सूर्य चिन्ह दिन्छौ त्यहीबाट उठ्नुहुनेछ ।

जनताको बिचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन सबैलाई आब्हान गर्नुभयो । भेलामा बोल्दै गृहमन्त्री रामबहादुर थापा(बादल) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताउनुभयो ।

थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन मार्फत आफुहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने दाबी गर्नुभयो । उहाले पार्टी मा विभाजन गर्नु देशी विदेशी शक्तिको हात रहेको टिप्पणी गर्दै भन्नुभयो–कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएको कारण कारण पार्टीमा समस्याअ आएको जिकरी गर्नुभयो ।

भन्नुभयो–हामीले इतिहासले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसको लागि नेकपामा मिल्नुको विकल्प नभएको तर्क गर्नुभयो । उहाले प्रचण्डले जारी गरेको १९ बुदे आरोपपत्रले देशमा संकट ल्याएको उल्लेख गर्दै उहाको हदसम्मको आरोपको कारण पार्टी भित्र दुई गुट देखिएको बताउनुभयो । भन्नुभयो–पार्टी फुट्नबाट बचाउन धेरै प्रयास गर्‍यौँ, उहाहरुकै कारण पार्टीभित्र दुई गुट हुन पुग्यो ।

महानगर कमिटीले आयोजना कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल,राष्ट्रियसभा सदस्य कोमल वली,नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण ब्यन्जनकार लगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिना आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्