जाजरकोट प्रदेश सांसदको गाडीमा आगजनी



बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट कर्णाली प्रदेशका सांसद गणेश प्रसाद सिहको गाडीमा आज राति आगजनी भएको छ । नेपाल कम्युनिष्ट पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमका लागी भेरी नगरपालिका ७ पुन्माको स्याउलीबजार पुगेका प्रदेश सांसद गणेश प्रसाद सिहको गाडीमा आगजनी भएको हो । गाडीमा कसले आगो लगायो भन्ने विषयमा अहिलेसम्म पुष्टी हुन सकेको छैन ।

कर्णाली प्रदेश जाजरकोट निर्वाचन क्षेत्र (क) का सांसद तथा प्राकृतिक श्रोत बाँडफाँड समितिका सभापति माननीय गणेश प्रसाद सिहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्वरको गाडीमा राति १० बजे नचिनेको समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

गाडीमा कसले केका लागी आगो लगायो भन्ने अहिले सम्म पुष्टी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताउनु भयो । भेरी नगरपालिका ७ पुन्माको स्याउली बजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन माननीय सिह र पार्टी अध्यक्ष ढकवीर राना विहिवार नै वडा अध्यक्ष चन्द्र वहादुर शाहीको घरमा पुग्नु भएको रहेछ वडा अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि गाडी पार्किङ्ग गरेर वडा अध्यक्ष शाहीको घरमा बास बसिरहेको अवस्थामा राति १० बजे पार्किङ्ग गरेको ठाँमा माननीय सिहको गाडीमा कसले आगो लगाई दिएछ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताउनु भयो ।

गाडीमा कसले किन केका लागी आगो लगाएको हो भन्ने विषयमा अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरी प्रमुख डिएस्पी श्रेष्ठको भनाई रहेको छ । सरकारी गाडीमा आगो लगाउने मानिसको सुक्ष्मा तरिकारले अनुसन्धान शुरु भईरहको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्