पनौतीमा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य शुरु



न्युज अफ नेपाल, काभ्रे ।

जिल्लाको ऐतिहासिक नगर पनौतीमा आधुनिक सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य शुरु भएको छ । १० बेड भेन्टिलेटर सहितको आईसियु रहने अस्पताल निर्माण कार्य बढीमा दुईवर्ष भित्र सम्पन्न गरि सञ्चालनमा ल्याईने जनाइएको छ ।

विगत लामो समय देखि पनौतीको कुशादेवी रोडमा सञ्चालनमा आएको भैरव अस्पताल प्रालिले पनौतीको दुधमेल नजिकै प्राईम लोकेशनमा आधुनिक भवन निर्माण गरि अस्पताललाई विस्तार गर्न लागेको हो । यो अस्पताल निर्माण भै पुर्ण सञ्चालनमा आएपछि पनौती नगरपालिकाका साथै धुलिखेल र बनेपा नगरपालिका, महाभारत, खानिखोला र रोशी गाउपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भैरव अस्पताल प्रालिका अध्यक्ष रामचन्द्र थापा बताउछन् ।

निर्माणाधिन अस्पतालमा १० वेड भेन्टिलेटर सहितको आइसियु पनि हुने भएकोले बनेपा र धुलिखेल अस्पतालमा आइसियु नपाएर रिफर भै काठमाडौं उपत्यकाका अस्पताल चाहार्नु पर्ने विरामीहरु पनि लाभान्वित हुने अध्यक्ष थापा बताउनु हुन्छ । नेपाल सरकार संग समन्वय गरि हेमो डाईलेसिस सेवा पनि सो अस्पतालमा उपलब्ध गराउने गरि भवन निर्माण भैरहेको छ ।

निजि क्षेत्रको लगानीमा निर्माणधिन अस्पताल फुल फेजमा सञ्चालनमा ल्याउन ६० करोड रुपैया भन्दा बढी लाग्ने बताइएको छ । पनौती नगरमा सबै सुविधा सम्पन्न एउटा अस्पतालको आवश्यत्ता भएकोले पनौती नगरले पनि भैरव अस्पताललाई आवश्यक सहयोग उपलब्ध गराउने बचन दिएको अध्यक्ष थापा बताउछन् । ५ तल्लाका एउटै भवनमा उपचारका सबै सेवा उपलब्ध गराउने गरि भवन डिजाईन गरिएको छ ।

नेपाल सरकारको सबै मापदण्ड पालना गरि निर्माण गर्न लागिएको अस्पताल भवनको अन्डरग्राउण्डमा एकसय सवारिसाधन अट्ने गरि पार्किङको व्यवस्था गर्न लागिएको छ । यो अस्पतालको शिल्यान्यास नेकपाका प्रभावशाली नेता महेश बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्