अष्ट्रेलियामा नयाँ वर्षसँगै नयाँ राष्ट्रिय गीत



सिडनी,(एजेन्सी) ।

प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रिय गीतका शब्दहरु परिवर्तन गर्ने घोषणा गरेपछि सन् २०२१ को १ जनवरी देखि अष्ट्रेलियाली जनताले नयाँ संस्करणको राष्ट्रिय गीत गाउने भएका छन् । विहिवारको प्रधानमन्त्रीको घोषणा अनुसार मुलुकको लामो आदिवासी इतिहासलाई प्रतिविम्वत गर्ने प्रयास स्वरुप नयाँ गीतले अष्ट्रेलियालाई ‘ कलिलो र स्वतन्त्र ’ इंगित नगर्ने भएको छ ।

यो घोषणा आकस्मिक र आश्चर्यजनक भएपनि अष्ट्रेलियाभरि यसको स्वागत भएको छ । मोरिसनले राष्ट्रिय गीत परिवर्तनले एकताको भावना जगाउने आफुले आशा गरेको बताएका छन् । अठारौ शताब्दिमा अधिकांश गोरा वेलायतीहरुले उपनिवेश बनाउनु भन्दा दशौ हजार वर्ष अघि देखि अष्ट्रेलियामा मानव वसोवास रहेको थियो । पुरानो राष्ट्रिय गीतबाट , ‘ एडभान्स अष्ट्रेलिया फेय्र ’ भन्ने वाक्याँश हटाइएको छ भने ‘ फर वि आर यंग एन्ड फ्रि ’ को स्थानमा ‘ फ र वि आर वन एन्ड फ्रि ’ राखिएको छ ।

यसै वर्षको शुरुमा न्यु साउथ वेल्स राज्यका नेता प्रिमियर ग्लाडिज बेरेजिक्लियानले प्रचलित गीतले अष्ट्रेलियाको पहिलो राष्ट्रिय संस्कृतिलाई वेवास्ता गरेकाले गीतका शब्द परिवर्तन गरिनु पर्ने विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्