मन्त्रीमण्डल चढेको विमानलक्षित हमलामा २२ को मृत्यु



साना, (एजेन्सी)

दक्षिणी यमनको शहर एडनस्थित विमानस्थलमा भएको भयानक आक्रमणमा कम्तिमा २२ जना मानिसको ज्यान गएको तथा अन्य ५० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार दाबी गरेका छन् । युद्धग्रस्त मुुलक यमनको नवगठित सरकारलाई छिमेकी मुलुक साउदी अरेबियाबाट बोकेर ल्याएको विमान अवतरण भएको केही समयमै शक्तिशाली विस्फोट भएको थियो ।

मारिनेमा राहत तथा उद्धारकर्मी र सरकारी अधिकारीहरू रहेको बताइएको छ । तर, प्रधानमन्त्रीले आफँ र आफ्नो सरकारका मन्त्रीहरू सबै पँर्ण सकुशल र सुरक्षित रहेका जानकारी दिएका छन् । सञ्चारमन्त्रीले यो हुथी लडाकुहरूको कायरतापँर्ण आतंककारी कार्य भएको आरोप लगाएका छन् ।

सन् २०१५ देखि शुरू भएको आन्तरिक द्वन्द्वका कारण यमन ध्वस्तै भइसकेको छ । साउदी नेतृत्वमा रहेको अरबी मुलुकहरूको गठबन्धन फौजले हुथीहरूलाई पराजित गरी राष्ट्रपति अब्दुब्बुह मन्सुर हादीको सरकार पुनस्र्थापना गराउने उद्देश्यले यमनमा सैनिक कारबाही थालेको थियो । यही युद्धका कारण अहिलेसम्म यमनमा १ लाख १० हजार जनाभन्दा बढीको ज्यान जानुका साथै अन्य लाखौं मानिस विस्थापित भइसकेका छन् ।

साथै, खडेरीका कारण लाखौं व्यक्ति प्रभावित हुनुका साथै कोभिड–१९ महामारीले यमनको स्थितिलाई अझै नाजुक बनाइदिएको छ । साउदी टेलिभिजन च्यानल ‘अल–हादाथ’ले हिजोको आक्रमणको भिडियो प्रसारण गर्ने क्रममा विमानस्थलको धावनमार्गमा प्रहार गरिएको क्षेप्यास्त्र विस्फोट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्