बेलायत र ईयँबीच ब्रेक्जिट व्यापार सम्झौतामा हस्ताक्षर



लन्डन, (एजेन्सी)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघ (ईयँ) सँग ब्रक्जिट व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि, बेलायतको संसद्ले यससँग सम्बन्धित प्रस्तावको समर्थनमा भारी मतदान गरेको थियो । सम्झौताका लागि ल्याइएको प्रस्ताव ७३ विरुद्ध ५ सय २१ मतले पारित गरिएको थियो । जोनसनले हस्ताक्षर गर्ने क्रममा भने– ‘मैले अहिले जुन सन्धिमा हस्ताक्षर गरेँ, यो नै अन्तिम होइन, यो त शुरुआत हो र मेरो विचारमा बेलायत र ईयँमा हाम्रा मित्र तथा साझेदारबीच अत्यन्त राम्रो शुरुआत हुनेछ ।

युरोपेली परिषद् अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला वन डेर लेयेनले सम्झौताको उक्त दस्तावेजमा बुधबार बिहान हस्ताक्षर गरेका थिए । त्यसलगत्तै दस्तावेजलाई रोयल एयर फोर्सको विमानबाट लन्डन ल्याइएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघ (ईयँ)बाट अलग हुने सम्बन्धमा मुक्त व्यापार सम्झौता (एफटीए)लाई संसदीय अनुमति दिलाएनन् । तर, क्रिसमसको बिदालगत्तै बुधबार संसद् सत्र बोलाइएको थियो ।

नयाँ वर्षको शुरुआतसँगै ईयँसँग भविष्यमा हुने सम्बन्धमा प्रभावकारी हुने कानुनलाई संसदीय अनुमतिसँगै सबै बाधाबाट मुक्त गराउनु नै यस प्रक्रियाको उद्देश्य बताइएको छ । ब्रेक्जिटका लागि डिसेम्बर ३१ सम्म समय सीमाबाट मात्र केही समयअघि बनेको सहमतिपछि ८० पृष्ठको विधेयक संसद्मा पेस गरिएको हो । यसअघि, हाउस अफ कमन्समा सांसदहरूले छलफल गरेको र त्यसपछि विधेयकमा हाउस अफ लर्डमा छलफल भएको थियो ।

जोनसनले सांसदहरूले ऐतिहासिक विधेयकलाई समर्थन गर्न आह्वान गरेका थिए । उनले यसलाई युरोपेली छिमेकीसँगको फाटो नभएर समाधान भएको बताए । दुवै सदनबाट पारित भएपछि विधेयक बेलायतकी रानीसमक्ष पठाइनेछ र उनले हस्ताक्षर गरेलगत्तै ब्रेक्जिट व्यापार सम्झौताले औपचारिकता पाउनेछ ।

बेलायतले सन् २०१६ जुनमा ईयँबाट अलग हुने फैसला गरेको थियो । एक ऐतिहासिक जनमत संग्रहमा बेलायतका जनताले २८ देशको ईयँबाट अलग हुने पक्षमा मतदान गरेको थियो । त्यसपछि ईयँले बेलायतलाई अलग हुन सन् २०१८ मार्च ३१ सम्मको समय दिएको थियो ।

यद्यपि, त्यतिबेला बेलायती सांसदले युरोपबाट बाहिर हुने सरकारका सर्तलाई अस्वीकार गरेको थियो । त्यसलगत्तै ईयँले ब्रेक्जिटको तिथि अक्टुबर ३१ सम्म बढाएको थियो । त्यसपछि पनि संसद्ले सरकारका सर्त अस्वीकार गरेपछि बे्रक्जिटको समयसीमा बढाएर ३१ जनवरी पु-याएको थियो ।

युरोपेली युनियनमा २८ देशको आर्थिक तथा राजनितिक भागिदारी थियो । यसअन्तर्गत ती देशमा सामान र नागरिकहरूको बिना रोकटोक आवागमन आउँछ । बेलायतले ईयँमा हुनुले आफँलाई नोक्सान भइरहेको बताउँदै अलग हुन चाहेका थिए ।

बेलायतले वार्षिक कयौं अरब पाउन्ड सदस्यता शुल्क बुझाउनुपथ्र्यो । अन्य देशका नागरिक बेलायतमा आएर फाइदा उठाइरहेको बेलायतको ठहर थियो । त्यसपछि बेलायतमा बे्रक्जिटका लागि जनमतसंग्रह भएको थियो । त्यसपछि सन् २०२० जनवरी ३१ मा बिनासम्झौता बेलायत अलग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्