नेकपाका सबै बैंक खाता रोक्का, कति छ नेकपाको सम्पत्ति ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै बैंक खाता रोक्का भएका छन् । सरकारले संसद बिघटन गरेदेखि नेकपामा कित्ताकाट भएको छ । केपी ओली पक्ष र प्रचण्ड माधव नेपाल पक्षमा कित्ताकाट भएको नेकपामा पुरानो सम्पत्तिको बिषयलाई लिएर आशंका जन्मिएपछि बैंक खाता रोक्का भएका हुन् ।

बैंक खाता रोक्का गर्न प्रचण्ड माधव पक्षले बैंकलाईपत्राचार गरेको थियो । पुष १२ गते आफूहरु नै आधिकारिक नेकपा भएको भन्दै प्रचण्ड माधव समूहले बैंक खाता रोक्का गर्न पत्राचार गरेको हाे । यद्यपी ओली समूहले पनि आफूलाई आधिकारिक भएको दाबी गरेको छ ।

तर यी दुबै मध्ये कुन आधिकारिक हुन् भन्ने निर्वाचन आयोगले टुंगो लगाउने छ । हालसम्म नेपाल कम्युनिष्ट पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति रहेको बताईएको छ । यस्तै पार्टीका नाममा भारतमा समेत जग्गा भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्