चलचित्र ‘अमूल्य प्रेम’लाई व्यावसायी तथा समाजसेवी भट्टराईको आर्थिक सहयोग



भूपराज बस्याल, स्याङ्जा ।

नेपाली कथानक चलचित्र ‘अमूल्य प्रेम’ का लागि गल्याङ बजारका एक सफल व्यावसायी तथा समाजसेवीले विहिबार आर्थिक सहयोग गर्नुभएको छ । गल्याङ नगरपालिका–३, गल्याङ बजारमा हंग्री हन्ट क्याफे एण्ड रेष्टुरेण्ट संचालन गर्दै आउनुभएका कृष्णप्रसाद भट्टराईले चलचित्र निर्माण गरेको संस्था हाम्रो साथ नेपाललाई पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

गल्याङ उद्योग वाणिज्य संघका महासचिव, लायन्स क्लब अफ गल्याङ सिटिका सचिव तथा नेपाल तरुण दल गल्याङ नगर समितिका अध्यक्ष समेत रहनु भएका भट्टराईले सहयोग रकम हस्तान्त्रण गर्दै स्याङ्जामा पहिलो पुर्ण चलचित्र निर्माण गरेर गल्याङका युवाले नयाँ ईतिहास रचेको बताउनुभयो । भट्टराईले यत्तिको चलचित्र स्याङ्जाकै स्रोतसाधन र जनसक्ति प्रयोग भएर निर्माण हुनु अतयन्त गौरवको विषय भएको बताउनुभयो ।

उहाँले युवाहरुको रचनात्मक कामलाई समर्थन र सहयोग गर्नुपर्ने समाजका हरेक व्यक्तिको कर्तव्य भएकाले आफुले संस्थालाई आर्थिक सहयोग गरेको बताउनुभयो । भट्टराईले समाजमा रहेका उत्पिडीत, असाहय र अफ्ठयारोमा परेकालाई विना पुर्वआग्रह सहयोग गरिरहेको भन्दै आवस्यक परेको खण्डमा आउँदो दिनमा चलचित्र निर्माण समुहलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो । उहाँले युवाहरुको सिर्जनशिलतालाई हरेक जनप्रतिनिधिले उर्जा दिनुपर्ने बताउनुभयो ।

हाम्रो साथ नेपाल स्याङ्जाका संयोजक नारायण विश्वकर्माले सबैको साथ र सहयोगले चलचित्र निर्माणको काम सफल बनेको बताउनुभयो । उहाँले चलचित्र ‘अमूल्य प्रेम’ लाई आर्थिक सहयोग गरेकोमा निक्कै स्वच्छ छवि बनाएका अत्यन्त सहयोगी र समाजसेवी कृष्णप्रसाद भट्टराईलाई धन्यवाद दिनुभयो । कथा/निर्देशक तथा चलचित्र निर्माण समितिका अध्यक्ष तारा कुमार परियारले चलचित्र ‘अमूल्य प्रेम’ का सबै कथा स्याङ्जामा मात्र छायाङ्कन भएको र चलचित्रमा स्याङ्जाका मात्र कलाकार भएको बताउनुभयो ।

चलचित्र ‘अमूल्य प्रेम’ निर्माण समितिका प्रवक्ता उदयराज भण्डारी ‘अतित’ ले चलचित्रको दोस्रो सो यहि आउँदो पौष १८ गते सनिबार गल्याङ बजारमा रहेको पुरानो फिल्म हलमा प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रमा तिलक श्रेष्ठ, सोनिया सुनार, तारा कुमार परियार, नारायण विश्वकर्मा, ऋतुराज मोहन, सुहाना थापा, उदयराज भण्डारी ‘अतित’ सपना थापा लगाएत दर्जनौँ कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘अमूल्य प्रेम’ को कथा/निर्देशक तारा कुमार परियारले गर्नुभएको छ । छायाङ्कन नारायण विश्वकर्मा र सम्पादन सागर क्षेत्रीले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्