लाङटाङ क्षेत्रमा प्लाष्टिकमुक्त अभियान



सरस्वती न्यौपाने, रसुवा ।

पर्यटकिय क्षेत्रमा प्लास्टिकजन्य फोहर बढदै जादा पर्यटन क्षेत्रमा प्रभाव परेका कारण लाङटाङ क्षेत्रमा प्लास्टिकमुक्त अभियान थालिएकोछ । पर्यटकिय स्थल लाङटाङ र गोसाईकुन्ड अन्तरगत पर्ने तीन वटा पदमार्गमा यो अभियान सन्चालन गरिदै छ।पर्यटकिय क्षेत्रमा दिगो बाताबरणिय तथा परिस्थितिक प्रणाली व्यवस्थापन ( सिम) नेपालले हरियाली नेपाल अभियान अन्तरगत अधि वढाउन लागेको हो ।

पहिलो चरणमा गोसाईकुन्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकाय सङग छलफल अघि वरबढाईएको छ । सिम नेपालका अनुसार क्याङजिङ,लाङटाङ हुँदै स्याफ्रुवेसि सम्म,गोसाईकुन्ड,ठुलो स्याफ्रु हुदै पुन स्याफ्रुवेसि सम्म र गोसाईकुन्ड देखि धुन्चे सम्म गरि तिनवटा पर्यटकिय पदमार्गमा अभियान सन्चालन गरिनेछ ।

अभियानमा जनचेतना मुलक कार्यक्रम सन्चालन र विभिन्न स्थानमा भेटिएका प्लास्टिकजन्य बस्तुको व्यवस्थापन गरिने सिम नेपालका समरक्षक ढाकामोहन अधिकारी ले जानकारी दिनुभयो । बढदै गएको पोलेथिनजन्य बस्तु को प्रयोग ले बाताबरण मा प्रतिकुल प्रभाव परेको र अहिले को परिवेशमा प्लास्टिक को प्रयोग मा बन्देज लगाउन सम्भव नभएकाले अभियान सन्चालन गरिरहेको समरक्षक अधिकारी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्