हलेसी मन्दिर खुलेको एक महिनामा ६ लाख बढी भेटी संकलन



रामधन राई, खोटाङ ।

 कोरोना महामारीका कारण प्रबेशमा रोक लगाईएको हलेसी मन्दिर खुलेको पुष–१६ गते एक महिना मात्र भएको छ । कोरोनाका कारण झण्डै ९ महिना बन्द गरी गत मंसिर १६ गते खुला गरिएको खोटाङस्थित हलेसी मन्दिरमा करिब ६ लाख रुपंैया बढी रकम भेटि मार्फत संकलन भएको सार्वजानिक गरिएको छ ।

मन्दिर वाहिर राखिएकोे दानपेटिका तथा मन्दिर परिसरका विभिन्न स्थानमा दर्शनार्थीले चढाएको भेटी संकलन गर्दा पुष–१३ गते अर्थात एक महिना नपुग्दै ५ लाख ६४ हजार दुई सय ९० रुपैंयाँ रकम संकलन भएको हलेसी तुवाचुङ नगरपालिका हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले वताउनुभयो । मन्दिरमा भारतीय नोट ६ सय ५० रुपैया, अमेरिकन डलर १, चाँदी १ हजार १ सय ७ ग्राम र सुन १ हजार ३ सय ग्राम रहेको सूचना केन्द्रले सार्वजनिक गरेको छ ।

आफुहरु स्थानीय सरकारमा आएदेखि हलेसी मन्दिरमा जम्मा हुने भेटिघाटी पारदर्शी बनाउदै आएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राईले बताउनुभएको छ । मन्दिर परिसरमा सिसी क्यामेरा जडान गर्नाका साथै मासिक रुपमा भेटीघाटी सार्वजानिक गर्न सुरु गरिएपछि पारदर्शी वन्न थालेको मेयर राईको भनाई छ ।

किरात, हिन्दु र वौद्द धर्मावलम्वीहरुको आस्थाको संगमस्थल हलेसी मन्दिरमा अघिल्लो वर्ष मात्र देश–विदेशवाट आउने तीर्थालु भक्तजनहरुवाट करिव १ करोड वरावरको भेटीघाटी संकलन भएको मेयर राईले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्