राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल फेला पर्‍यो



यमलाल भुसाल, बुटवल ।

राजश्व अनुसन्धान सम्बन्धि मुद्धामा राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र विगत साढे १ वजे देखि रहेको भारतिय कन्टेनरमा पेस्तोल फेला परेको छ ।

जिएल सुन्य ६एजेड ६३५१नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो ।

उक्त ट्रकको एयर फिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा विबल ३२ लेखेको कम्पनी मेड जस्तो देखिने पेस्तोल फेला पारेको हो । थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्