राष्ट्रपतिका सुरक्षा गार्डले लगाए तस्करी गरिएका खोप



मनिला (एजेन्सी)

फिलिपिन्सका रक्षा मन्त्री डेलफिन लोरेनजानाले देशका राष्ट्रपति रोड्रिगो डुटेर्टेका सुरक्षा गार्डले तस्करी गरिएका बिना स्विकृतीका कोरोना भाइरस खोप लगाएको जानकारी दिए । तर रक्षामन्त्रीले यसलाई न्यायोचित भएको बताए । यसअघि सेप्टेम्बरमा राष्ट्रपतिका अंगरक्षकहरुले बिना स्विकृतिको कोरोना भाइरस खोप लगाएको समाचार बाहिर आएको थियो । यस खुलासाले देशमा हलचल मच्चाएको थियो ।

फिलिपिन्सको खाद्य तथा औषधी प्रशासनले अहिलेसम्म कोरोना भाइरस खोपलाई अनुमति दिएको छैन । स्वास्थ्य कर्मचारी तथा कार्यकर्तालाई खोप लगाउन कुनै समयसीमा आएको छैन । रक्षामन्त्रीले राष्ट्रपतिको सुरक्षा सुरक्षा दस्ताले सरकारको बिना अनुमति कै कोरोना भाइरस खोप हासिल गरेको र बिना जानकारी नै त्यसलाई लगाएका थिए ।

यस विषयमा उठेको प्रश्नको जवाफमा रक्षा मन्त्रीले भने, हो उनीहरुले तस्करी गरी ल्याएको हो । किनभने उनीहरु यसका लागि अधिकृत थिएन र सरकारले मात्र यसका लागि स्विकृति दिन सक्छ । सुरक्षा दस्ताले यस घटनालाई नियम उलंघन गरेकोमा स्पष्टिकरण दिनु पर्ने उनले बताए ।

यसले उनीहरुलाई सुरक्षित राख्ने र संक्रमित हुन नदिने र राष्ट्रपतिको सुरक्षा पनि गर्न सकिने भएकोले यो न्यायोचित भएको मन्त्रीले बताए । केही दिन अघि मात्रै राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकालाई कोरोना खोप नदिएमा सैन्य सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्