चीनद्वारा स्वदेशी कोरोना खोपलाई अनुमति



बेइजिंग (एजेन्सी)

अमेरिका र बेलायत लगायत विश्वका दर्जनौं देशले कोरोना खोपलाई अनुमति दिइसकेपछि चीनले आफ्नो सरकारी कम्पनी सिनोफर्मको कोरोना भाइरस खोपलाई सशर्त मन्जुरी दिएको छ । चीनमा अनुमति पाउने कोविड १९ को यो पहिलो खोप हो । उक्त निर्णय बुधबार राती लिइएको चीनको चिकित्सा उत्पादन प्रशासन चेन सिफेइले विहिबार जानकारी दिए । बेइजिंग इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टको यो खोपको दुई डोज दिनु पर्ने छ ।

यो सरकारद्वारा सन्चालित सिनोफर्मको सहायक कम्पनी हो । उक्त औषधी कम्पनीले बुधबार उसको खोप जाँचको अन्तिम चरणको प्रारम्भिक नतिजा अनुसार संक्रमणबाट बचाउनमा ७९ दशमलव ३ प्रतिशत प्रभावकारी पाइएको छ । सिनोफर्म विश्वका ती पाँच चिनियाँ कम्पनीहरु मध्यको चर्चित कम्पनी हो जुन खोप बनाउने विश्व दौडमा समावेश छ । कोविड १९ ले विश्वमा अहिलेसम्म १८ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

चीनको कोरोना खोपलाई इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्, बहराइन लगायत केही देशले आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । यद्यपी चिनियाँ खोप सिनोभ्याकले फाईजर, अक्सफोर्डका खोपको जस्तो विश्वास हासिल गर्न सकेको छैन । चिनियाँ खोपलाई ब्राजिल, पाकिस्तान जस्ता देशहरुबाट पनि अनुमतिका लागि आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्