पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली : मौसम पूर्वानुमान



काठमाडौं ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। आगामी २४ घण्टाको मौसम अनुमान अनुसार देशभरको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ।

साथै तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष  गते (बिहीबार)

दिउँसो :  प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र  सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (शनिबार)

दिउँसो :  लुम्बिनी, सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्