ब्लाइन्ड डेटिंगले चर्को बिलमा फसायो



बेइजिंग,(एजेन्सी)

पुर्वी चीनको झेजियाँग प्रान्तको निंग्वो निवासी एकजना २६ वर्षिया युवतीले एकजना पुरुषसंग ब्लाइन्ड डेटिंग गर्दा खानाको व्यर्थै ठूलो विल चुकाउनु परेको छ । यति मात्र होइन उनले बिना अनुमति आफ्नो सवेदनशिल अंगमा पनि स्पर्श गराउनु परेको छ ।

आफुसंग डेटिंग गर्ने लिन नामक पुरुष बिचैमा भागेपछि याँग नामकी ति युवतीले बेकारमा खानाको ३ हजार ६४ अमेरिकी डलर विल तिर्नुपरेको छ । तिनीहरुको अनलाइनमा भेट भएको थियो । एउटा सेकेन्ड ह्यान्ड कार बिक्रि गर्ने पसलमा काम गर्ने लिनले आफु निकै धनाढ्य भएको धाक दिएका थिए ।

याँगले महँगो खाना र पेय पदार्थ अर्डर गरेको देखेपछि आफुलाई फसाउन लागेको शंकामा शौचायल जाने बहाना बनाई भागेका थिए । स्थानिय एउटा हटपट रेस्टुरेन्टमा तिनीहरुको डेटिंग भएको थियो । याँगले ६ हजार ८ सय ३२ युयानको खाना र १२ हजार युयान पर्ने लाफाइट वाइन अर्डर गरेकी थिइन् ।

पेट दुख्यो भन्दै शौचालय जानु अघि लिनले अचानक याँगको स्तन समाएका थिए । तर आधा घन्टा भन्दा लामो समय सम्म कुर्दा पनि लिन नफर्र्केपछि याँगले नखोलेको वाइन फर्काए पनि खानाको विल भने तिर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्