पपकर्न खानाले कोरोना भाइरसविरुद्ध इम्युनिटी बढ्ने दावी



इस्लामाबाद (एजेन्सी)

कोरोना महामारी फैलिएसँगै विश्वभरी नै संक्रमण विरुद्ध विभिन्न उपायहरु चर्चामा आए । आआफना ठाउँमा उपलब्ध जडिबुटी तथा खाद्य पदार्थ र बोटविरुवालाई कोरोना भाइरस विरुद्धको रामबाण भएको प्रचारमा ती बस्तुहरुको धरै उपभोग भए । यसक्रममा कोरोनाको उपचारलाई अनौठो दावीहरु पनि आइरहे । तर ती सबै कोरोनाको प्रकोप अगाडी निरर्थक सावित भइसकेका छन् । अहिले हरेक ब्यक्ती कोरोना खोपकै पर्खाइमा छन् ।

यसबीच हालै मात्र पाकिस्तानका एक डाक्टरले एक दावी गरेका छन् । शाहिद मसुद नामका ती पाकिस्तानी डाक्टरले पपकर्न अर्थात भुटेको मकै खानाले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढ्ने बताएका छन् । पाकिस्तानी टेलिभिजन च्यानले जीएनएन टीभीको एक प्रत्यक्ष प्रसारित कार्यक्रममा डाक्टर शाहिद मसुदले पपकर्न खानाले नयाँ कोरोना भाइरस विरुद्ध इम्युनिटी बढाउन मद्दत मिल्ने दावी गरेका हुन् ।

उनले भने , कोविडको दास्रो वेबमा जुन नयाँ म्युटेसन देखिएको छ, त्यो एन ५०१ वाई हो, त्यसको विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन पपकर्न खानुस । पपकर्न खानुस यसले इम्युनिटी बढाउँछ । एक प्रतिष्ठित चिकित्सकको उक्त भिडियोलाई पाकिस्तानी पत्रकार नायदला इनायतले ट्विट गरेका हुन् । पपकर्न खाएर इम्युनिटी बढाउन दावी गरिएको यो भिडियो अहिले सामाजिक सन्जालमा ब्यापक भाइरले भइरहेको छ । डाक्टर मसुदको उक्त दावीपछि च्यानलका प्रस्तोता पनि मुस्कुराएका थिए ।

भारतमा कोरोना महामारी फैलिएपछि एक प्रकारको विरुवा गुर्जेको सुप धेरै प्रचारमा आएको हो । भारत लगायत नेपालमा पनि कोरोनाका कारण यो जडिवुती ब्यापक प्रयोग भइरहेको छ । सामाजिक सन्जालमा पपकर्नका होइन, गुर्जे पिउन सल्लाह दिइएको छ ।

पाकिस्तानमा मंगलबार कोरानाको नयाँ स्टे«न संक्रमित पुष्टि भएका थियो । यो बेलायतमा हालै मात्र देखिएकै कोरोनाको स्वरुप भएको बताइएको छ । पाकिस्तानमा अहिलेसम्म ४ लाख ७५ हजार कोरोना संक्रमित भइसकेका छन्, ती मध्य ९ हजार ९ सय ९२ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्