बागमतीमाथि प्रदेश १ को सहज जित



नेपाल समाचारपत्र, काठमाडौं
प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
समूह ‘बी’ मा रहेको प्रदेश २ ले मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित ग¥यो । प्रदेश २ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १६.४ ओभरमा ६० रनमै सीमित हुनपुग्यो । टिमका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउ“दा सुमन खतिवडाले १२ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे । त्यस्तै, शवनम राई, अलिशा खाडिया र निशा शाहले १–१ विकेट लिएका थिए ।
यसअघि, देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउ“दै १ सय ६ रन बनाएको थियो । टिमका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन् । ५५ बलको सामना गरेकी उनले ६ चौकाको सहयोगमा ५५ रन नै बनाइन् । यस्तै, अप्सरी बेगमले १६ रन बनाएकी थिइन् । बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।
सोही समूह ‘बी’अन्तर्गतकै खेलमा सुदरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले पराजित ग¥यो । सुदूर पश्चिमले १ सय ८ रनको विजयी लक्ष्य दिएकोमा गण्डकी ४८ रनमा समेटिएको हो । गण्डकीका लागि कोही पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रह“दै ६ रन जोडे । बलिङमा सुदूर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटसवोमेन रेवती धामीले सर्वाधिक २७ रन जोडिन् । ३६ बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् ।
यस्तै, कप्तान बिन्दु रावलले १३ रन, ओपनर ब्याटसवोमेन मञ्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३÷३ विकेट हात पारे भने अञ्जली विश्वकर्माले १ विकेट लिन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्