भारतले अस्ट्रेलियालाई सहजै हरायो



लन्डन, (एजेन्सी)
भारतीय क्रिकेट टिमले अस्टे«लियालाई उसकै घरेलु मैदानमा भएको टेस्टमा सजिलोस“ग हराएको छ ।
चार टेस्टको सिरिजअन्तर्गत मेलबर्नमा भएको दोस्रो टेस्टमा भारतले अस्टे«लियालाई ८ विकेटले हराएको हो । योस“गै भारतले सिरिजमा पुनरागमनसमेत गरेको छ । पहिलो टेस्ट अस्टे«लियाले जितेको हो ।
टस जितेर अस्टे«लियाले पहिले ब्याटिङ गर्दै १ सय ९५ रन जोडेको थियो । भारतले यसको जवाफमा ३ सय २६ रन बनाएर अस्टे«लियामाथि १ सय ३१ रनको महŒवपूर्ण अग्रता लियो । भारतको पहिलो इनिङमा कप्तान आजिन्क्य रहाणेको शतक सामेल थियो ।
अस्टे«लियाको दोस्रो इनिङ पनि खराब भएको थियो । घरेलु टिमले मात्र २ सय रन बनाउन सक्यो । योस“गै भारतले ७० रनको सहज लक्ष्य प्राप्त ग¥यो, जसलाई भारतले २ विकेटको क्षतिमा पूरासमेत ग¥यो । त्यसो त भारतले १९ रन बनाउ“दा २ विकेट गुमाएको थियो । मायंक अग्रवाल ५ रनमा र चेतेश्वर पुजारा ३ रनमा आउट भएका थिए ।
मायंकलाई मिचेल स्टार्कले आउट गरे भने पुजाराको विकेट पेट कमिन्सले लिए । यसपछि कप्तान रहाणे र शुभमन गिलले थप विकेट गुमाउन नदिई भारतलाई जित दिलाए । शुभमन ३५ रनमा र रहाणे २७ रनमा नटआउट रहे ।
यसअघि, अस्टे«लियाको दोस्रो इनिङ ६ विकेटको क्षतिमा १ सय ३३ रनबाट चौथो दिनको खेल शुरू भएको थियो । कमिन्स र क्यामरुन ग्रिनले सम्हालिएर खेले । उनीहरूले सातौं विकेटका लागि ५० रनको साझेदारी पनि गरे । तर, उनीहरूले ब्याटिङलाई लामो समयसम्म खिँच्न सकेनन् । टिमका लागि २३ रन जोडेपछि जसप्रीत बुमराहले कमिन्सको विकेट लिएर अस्टे«लियालाई झट्का दिए । कमिन्स २२ रन बनाएर पभेलियन फर्केका थिए ।
त्यसपछि १ सय ७७ रनमा पुग्दा ग्रिन पनि मोहम्मद सिराजको बलिङमा आउट भए । यो अस्टे«लियाको आठौं विकेट पतन थियो । ग्रिनले ४५ रन जोडेका थिए । तर, यति रन बनाउन उनले १ सय ४६ बल सामना गरेका थिए, जसमा ५ चौका सामेल थिए । अन्तिम दुई विकेटमा नाथान लायनलाई सिराजले आउट गरे भने जोश हेजलवुडलाई रविचन्द्रन अश्विनले पभेलियन फर्काएका थिए । यो अश्विनको ३ सय ७५औं टेस्ट विकेटसमेत हो ।

दक्षिण अफ्रिका विजयी
दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको पहिलो टेस्ट एक इनिङ र ४५ रनले जितेको छ । योस“गै घरेलु टिम दक्षिण अफ्रिकाले दुई टेस्टको सिरिजमा १–० को अग्रतासमेत लियो । श्रीलंकाले दोस्रो इनिङमा १ सय ८० रन बनाएको थियो । कुसल परेराले सर्वाधिक ६४ रनको योगदान दिए पनि टिमलाई इनिङ हारबाट जोगाउन सकेनन् ।
सेन्चुरियनमा भएको उक्त टेस्टमा डेब्यु गरेका दक्षिण अफ्रिका टिमका फास्ट बलर लुथो सिपाल्माले २ विकेट हात पारे । यस्तै, लुन्गी एन्डीडी, एन्रीच नोर्ट्जे र वियान मुल्डरले पनि २÷२ विकेट हासिल गरेका थिए ।
यसअघि, श्रीलंकाका लागि टेस्टमा डेब्यु गरेका वानिन्डु हासारान्गाले ४ विकेट लिएका थिए । यसको बाबजुद दक्षिण अफ्रिकाले ६ सय २१ रनको विशाल योगफल बनाएको थियो । टिमका लागि फाफ डु प्लेसिसले १ सय ९९ रन बनाएका थिए । उनी १ रनले दोहोरो शतकबाट चुकेका थिए । यस्तै, एल्गार पनि ५ रनले शतक प्रहार गर्न वञ्चित भए भने महाराजले ७३ रनको योगदान दिएका थिए । दोस्रो तथा अन्तिम टेस्ट ३ जनवरीदेखि शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्