गणपतिबन्दै



कोरोना जोखिमको प्रभावका कारण फिल्म क्षेत्र ठप्पप्रायः भए पनि फाट्टफुट्ट फिल्म निर्माण र निर्माण घोषणा भइरहेका छन्।
यसै क्रममा सविन अधिकारीको निर्देशनमा गणपति नामक फिल्म निर्माण हुने भएको छ। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्मले भगवान् र मानिसबीचको फरक देखाउने जनाइएको छ। आगामी माघ २ गतेबाट सुटिङ प्mलोरमा जाने फिल्मको कथा, पटकथा र संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका छन्। अ बिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले निर्माण गर्ने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव विएल, सुशील पोखरेललगायतका कलाकारले अभिनय गर्नेछन्। तनहु“को बन्दीपुर गाउ“पालिका थारुबासमा छायांकन हुने फिल्म हरिबहादुर घलेले खिच्नेछन् भने फिल्ममा विक्रम स्वा“रको कोरियोग्राफी रहनेछ।
फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुको स्वर रहनेछ। निर्देशक अधिकारीले गणपति नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे। ‘मान्छे र भगवान्बीचको फरकलाई फिल्ममा देखाउनेछौं’ उनले भने। कलाकार जयनन्द लामाले फिल्मको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको सुनाए। अभिनेता भुसाल भने फिल्म साइन गरेपछि डराएको खुलाए। ‘मैले फिल्म गर्छु त भनें, तर क्यारेक्टरलाई बुझ्दै गएपछि डर लाग्न थाल्यो’, उनले भने ‘तर, म बेकारमा आत्तिएको रहेछु। फिल्ममा अभिनयका गुरुहरु भएपछि म किन डराउनु? सबैले मलाई गाइड गर्नुहुन्छ भन्नेमा विश्वस्त छु।’ निर्माता लक्ष्मण थापाले फिल्मको कथावस्तु पृथक् लागेका कारण लगानी गर्न तयार भएको बताए।

प्रतिक्रिया दिनुहोस्