राजश्री र कमलालाई फेसियल हाउस सम्मान



लोकप्रिय ब्युटिसियन सुष्मा महराको ब्युटी सलुन फेसियल हाउसले १३औं वार्षिकोत्सव मनाएको छ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको सभापतित्व तथा पूर्व सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा सौन्दर्यविद् द्व्य प्राडा राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो। कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै यसले महिला उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको चर्चा गरिन्। महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्