औलामा हस्तरेखा नभएका पुरुषहरुको अनौठो परिवार



ढाका, (एजेन्सी)

अपु सरकारको परिवारको कम्तिमा चार पुस्तादेखि कसैका औठामा रेखा छैनन् । अपु सरकारलेबंगला देश स्थित आफ्नो घरबाट वीवीसी बंगाली, ढाकाका पत्रकार मिर सब्बीरलाई भिडियो कल गरेर आफ्ना हत्केला देखाउँदै थिए । शुरुमा त सब्बीरलाई कुनै चिज अस्वाभाविक लागेन ।

तर जब उनले नजिकबाट नियालेर हेरें उनका औलाका टुप्पाका भागमा कुनै रेखा नभई चिल्लो सतह मात्र देखेपछि भने उनी छक्कै परें । २२ वर्षिय अपु उत्तरी जिल्ला राजशाहीको एउटा गाउँमा आफ्नो परिवारसंग बस्दै आएका छन् । उनका पिता र हजुरबुबा कृषक थिए । उनी भने मेडिकल असिस्टेन्टको रुपमा कार्यरत छन् ।

उनको परिवारका पुरुष सदस्यहरु कसैका पनि औलामा हस्त रेखा छैनन् । यस्तो दुर्लभ आनुवंशिक गुण विश्वका धेरै थोरै परिवारमा मात्र हुने गरेको पाइन्छ । अपु भन्छन् , ‘ मेरो बाजेको पालमा यसरी औलामा रेखा नहुँदा उनले कुनै पनि समस्या भोग्नु परेको थिएन होला जस्तो मलाई लाग्छ ।

तर दशकौंपछि हाम्रा औलाको यो विशेषता विश्वकै सबैभन्दा संकलित बायोमेट्रिक डाटा बन्न पुग्यो । तर हामीले त्यहि औलालाई विमानस्थल पार गर्न देखि भोट खसालन् र स्मार्टफोन खोल्न समेत गर्दै आइरहेका छौं । ’ अपु सानै छँदा बंगलादेशमा सम्पुर्ण वयस्कहरुका लागि राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने भयो । डाटावेसका लागि औठा छाप चाहिन्थ्यो ।

आश्चर्यमा परेका सरकारी कर्मचारीहरु अपुको पिता अमाल सरकारलाई कसरी कार्ड दिने भनेर लामो समय अलमलिरहे । अन्तत उनलाई ‘ नो फिन्गर प्रिन्ट ’ स्ट्याम्प लगाइएको कार्ड थम्याइयो । त्यसैगरी सन् २०१० मा पासपोर्ट र ड्राइभिंग लाइसेन्स अनिवार्य बनाइए । थुप्रै प्रयास पछि अमालले मेडिकल बोर्डको प्रमाणपत्र देखाएर बल्ल पासपोर्ट लिन सफल भए ।

तर विमानस्थलमा विभान्न झमेलामा पर्ने डरले उनले पासपार्टलाई कहिल्यै प्रयोग गरेनन् । उनलाई खेतमा काम गर्नुपर्ने भएकाले लामो दूरी तय गर्न मोटरसाइकलको आवश्यकता थियो । तर उनले कहिल्यै पनि ड्राइभिंग लाइसेन्स लिन सकेनन् । यसबारे उनी भन्छन् , ‘ म शुल्क तिरेर परिक्षा दिन्थे  । तर अन्त्यमा मेरो औंठा छाप नभएकाले तिनीहरुले मलाई लाइसेन्स दिन अस्विकार गथें । तर म लाइसेन्स परिक्षाका लागि तिरेको विल लिएर हिंडथें ।

तर त्यसले पनि मलाई जोगाएन । दुई पटक जरिवाना तिरे, लाइसेनस बिना मोटरसाइकल हाँकेकै अपराधमा । मैले अधिकारीहरुलाई आफ्नो पिडा सहित हत्केला देखाएथें । तर तिनीहरुले कुनै दया देखाएनन् । त्यो मेरो लज्जास्पद अनुभव थियो । त्यसैगरी सन् २०१६ मा सरकारले मोवाइल फोनका लागि सिम कार्ड खरिद गर्न राष्ट्रिय डाटावेसमा फिंगरप्रिन्ट मिलाउनु पर्ने अनिवार्य नियम ल्यायो ।

पटक पटक औला छिराउँदा पनि सफ्टवेयरले प्रतिक्रिया जनाएन । फलत मैले सिम किन्नै सकिन । ’ अहिले उनको परिवारका एक पुरुष सदस्यले आमाको नाममा किनिएको सिमबाट मोवाइल चलाइरहेका छन् । चर्मरोग विशेषज्ञ प्राध्यापक एली स्प्रचरले एडरमाटोग्लिफिया नामक एक प्रकारको आनुवंशिक रोगको कारण यो समस्या आउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्