जापान काठको भूउपग्रह निर्माण क्रममा



टोक्यो, (एजेन्सी)

एउटा जापानी कम्पनी र क्योटा युनिभर्सिटी आगामी सन् २०२३ सम्ममा काठबाट विश्वकै पहिलो भूउपग्रह बनाउने कार्यमा जुटिरहेका छन् । सुमितोमो फरेस्ट्रि नामक सो कम्पनीले रुख उमार्ने र अन्तरिक्षमा काठबाट बनेका वस्तुहरु प्रयोग गर्नेबारे आफुले अनुसन्धान थालिसकेको जनाएको छ ।

पृथ्वीका अति विषम वातावरणहरुमा विविध प्रकारका काठहरुको प्रयोग गर्नेबारे यि दुई संस्थाबिच सहकार्य भइरहेको हो । थप्रै भूउपग्रहहरु वायुमन्डलमा प्रक्षेपण गरिँदै गरेकाले अन्तरिक्षमा फोहोर थुप्रिने समस्या बढिरहेको छ । यदि काठबाट निर्मित भूउपग्हहरु प्रयोग गरिएको खण्डमा बिना कुनै हानिकारक तत्वहरु ननिकालेर तिनीहरु वायुमन्डलमा बल्ने वा पृथ्वीमा फर्किने क्रममा तिनीहरु अवशेषकोरुमा जमिनमा झर्ने बताइएको छ ।

जापानी अन्तरिक्ष यात्री तथा क्योटो युनिभर्सिटीका प्राध्यापक ताकाओ दोइले वीवीसीलाइभनेका छन्, ‘ सम्पूर्ण भूउपग्रहहरु पृथ्वीको वायुमन्डलमा पुन प्रवेश गर्नेक्रममा बल्दा निस्कने स–साना अलुमिना तत्वहरु वर्षौं सम्म वायुमन्डलको माथिल्लो भागमा रहिरहने समस्यालाई लिएर हामी चिन्तित रहेका छौं ।

अन्तत यसले पृथ्वीको वातावरणलाई नराम्रो असर पार्दछ । हामीले चरणवद्ध रुपमा भूउपग्रहको इन्जिनियरिंग मोडल र फ्लाइट मोडल निर्माण गर्नेछौं । ’ दोइले सन् २००८ को मार्चमा अन्तरिक्ष यात्रीको रुपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्