चुनाब क्षेत्रमा पुगेर थापाको प्रश्न : ‘म मा के कुराको कमी छ ?’



न्युज अफ नेपाल, हेटौंडा ।

सत्तारुढ दलको राष्ट्रिय राजनीतिमा जोडघटाउ चलिरहेको मौका छोप्दै राजनीतिक लाभ लिने उद्धेश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आफ्नो चुनाबी क्षेत्र पुगेर दिनभर कार्यकर्ता भेटघाटमा व्यस्त हुनुभएको छ । मकवानपुर–१ को बागमती गाउँपालिकामा पुगेर उहाँले विभिन्न वडाका अगुवा कार्यकर्ता भेलामा सरिक हुँदै सम्बोधन गर्नुभयो ।

उहाँले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपँर्ण भएको भन्दै उक्त मार्ग सच्याउनु जरुरी भएको बताउनुभयो । उहाँले अब कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको दाबी गर्नुभयो । राईगाउँ र फापरबारीमा आयोजित छुट्टै कार्यक्रममा थापाले आफँले चुनाब के कारणले हारेको बुझ्न नसकेको चर्चा गर्नुभयो ।

‘मसँग प्रतिस्पर्धा गर्नेमा भन्दा ममा के कुराको कमी छ ? योग्यता, क्षमता, अनुभव के कम छ,’ मतदातासँग प्रश्न गर्दै थापाले आफँले मकवानपुरे जनताको थप माया खोजेको बताउनुभयो । उहाँ नेकपाका कृष्णप्रसाद दाहालसँग पराजित हुनुभएको थियो ।

कांग्रेस र कम्युनिष्टको असफलता र अकर्मण्यताबारे चर्चा गर्दै थापाले भ्रष्टाचार, बेरोजगारी अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको विचार व्यक्त गर्नुभयो । क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमल्लिएर देशलाई बर्बाद गराउन उद्धत रहेको भन्दै थापाले आफँलाई ठँला भन्ने शक्ति कांग्रेस र कम्युनिष्ट असफल भएको दाबी गर्नुभयो ।

अध्यक्ष थापाले सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–दुई तिहाइको सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्छ भने आशामा पँर्णरुपले तुषारापात गरेको छ । उहाँले सरकार शान्तिसुरक्षा कायम गर्न र कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाही गर्न असफल भएको बताउनुभयो । पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरेको उहाँको आरोप छ ।

सरकारसँग ‘कनेक्सन’ भएको व्यक्तिले निर्मलाको हत्या गरेका कारण सरकार चुप भएर बसेको उहाँको टिप्पणी छ ।
सरकार गठनपछि जनताले कुनै पनि परिवर्तनको अनुभँति गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो–सरकार गठन हुनुअगाडि समृद्धिको नारा लिएर चुनाब लडेको पार्टीले जनताका निम्ति कुनै काम गर्न सकेन ।

परिवारमा दुःख पर्दा सबै मिलेर दुःखको सामना गर्ने संस्कारबाट आमनेपाली हुर्किने गरेको प्रसंग सुनाउँदै थापाले राप्रपाका लागि अहिले जटिल समस्या भएको बेला मन मिल्ने सबै शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका कार्यसम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमान्दारिता, निष्ठा र सिद्धान्तप्रतिको प्रतिवद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

भ्रष्ट र अक्षमलाई बिस्थापित गरी राप्रपालाई स्थापित गर्न उहाँको आग्रह थियो । कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, जिल्ला सचिव सागर थापा, नेताहरु दिलबहादुर बल, शरणकाजी श्रेष्ठ, जोसेफ राई, मदन रानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्