कालिका गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य जाँचसँगै न्यानो कपडा वितरण



सरस्वती न्योपाने, रसुवा ।

जिल्लाको कालिका गाउँपालिका ले आफ्नो पाँच वडामा पुष नौ देखि १३ गते सम्म जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत पाँच सय सात जनालाई सेवा प्रदान गरेको छ ।

पालिका प्रमुख सिता अधिकारी का अनुसार ७० वर्ष माथिका वृद्ध—वृद्धाका लागी सम्मान सहित न्यानो ज्याकेट र स्वास्थ्य जाँचमा प्रेसर, सुगर जाँच, आँखा जाँच र मुटु सम्बन्धि रोगको जाँच गरिनुका साथै चस्मा वितरण गरि मोतिया विन्दुका विरामीलाई उपचार निशुल्क गर्ने र काठमाण्डौ सम्म जान का लागी पालिकाको तर्फबाट पाँच हजार रुपैया यातायात खर्च स्वरुप सहयोग प्रदान गरिएको बताइएको छ ।

बृद्ध बृद्धाहरुका लागी निशुल्क स्वास्थ्य विमा गरिने समेत बताइएको छ । शिविर सन्चालन मार्फत चार सय ४३ जना लाई न्यानो ज्याकेट वितरण गरिएको ७७ जनालाई चस्मा वितरण र २० जना लाई को उचारका लाई सिफारिस स्वास्थ्य जाँच मार्फत ५० जना प्रेसर ३७ जना सुगरका विरामी सहित अन्य विरामीलाई औषधि वितरण गरिएको छ । यस्तै मुटु को समस्या देखिएकालाई अर्काै शिविर राखि मुटुरोग विशेषज्ञ द्धारा ईको गरिने छ ।

वडा नं. एक राम्चेमा ९७ जना, वडा नम्बर दुई कालिका सामुदायिक बेतिनी सामुदायिक स्वास्थ्य ईकाईमा एक सय २१ख जना वडा नं. ४ धुसेनी सामुदायिक स्वास्थ्य ईकाईमा ९७ जना र वडा नं. ५ को जिवजिवे ग्रमामिण अस्पताल मा ९४ गरि पाँच सय ७ जना ले स्वास्थ्य सेवा का साथै न्यानो कपडा पाएको अध्यक्ष सिता अधिकारी ले जानकारी दिनु भयो पुष ९ देखी १३ गते सम्म जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा स्वास्थ्य सेवा शिविर सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्