राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको छ : नेता खाँण



यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी गर्नु भयो । संविधानको बर्खिलाप हुने गरी प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसि सुक्न नपाउदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उहांले राष्ट्रपति कार्यालयलाई हल्लाकाराको संज्ञा दिर्नु भएको हो ।

राष्ट्रपति संग बिषय बिज्ञ सल्लाहकारको ठुलो टिम छ तर कसैसंग सल्लाह गर्नु भएन ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश,सिफारिसको मसिसुक्न नपाउदै स्ट्याम्प लगाएर पठाइदिनुले राष्ट्रपतिको पद र मर्यादामा प्रश्नचिन्ह उत्पन्न भएको नेता खाँणले औल्याउनु भयो ।नेपाल प्रेस युनियन रुपन्देहीले मंगलवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताउनु भयो ।

‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन । यदी गर्यो भने त्यस्तो निर्णय काँग्रेसलाइ स्वीकार्य हुनेछैन’नेता खाँणले चेतावनी दिनु भयो ।संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाइ यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उहांले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाइ एकदलिय सर्बसत्ताबाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप लगाउनु भयो ।

उहांले सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद बिघटन गरेको बताउनु भयो । निर्वाचनको मिति तोकेर संसद बिघटन गरिए पनि प्रम ओलीको मानसिकता बैशाखमा चुनाव गर्नु नरहेको भन्दै नेता खाँणले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औल्याउनु भयो ।

संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्किएको भन्दै उहाँले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताउनु भयो ।पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारहरुको फेरबदलका सम्बन्धमा उहाँले असंवैधानिक कदमको बिरोधमा रहेकाहरुसंगको सहकार्य पहिलो रोजाइ हुने बताउनु भयो ।काँग्रेसलाइ सत्तामा जाने हतार नभएपनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उहाँले परिस्थिती अनुरुपको सहकार्य हुन सक्ने तर्फ पनि संकेत गर्नु भयो ।

लोकतन्त्र र संविधानको रक्षा गर्दै ट्रयाक बाहिर गएकाहरुलाइ मुलधारमा ल्याउने दायित्व काँग्रेसको भएको र त्यसलाइ पुरा गर्ने बताउनु भयो ।कार्यक्रम युनियनका सभापती रेखा भुसालको अध्यक्षतामा र संचिव श्यामशंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्