डीआईजीमा बढुवा भएको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएपछि …



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएको खुसीयालीमा बाडेको लड्डुमा नङ भेटिएपछि आँगन स्वीट्समा प्रहरीले छापा मारेको छ । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको थियो ।

सोही खुसीयालीमा बढुवा भएका डिआइजीमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख देवबहादुर बोहराले आँगन स्वीट्सबाट ल्याएको मिठाई बाँडे । तर, एक लड्डुमा भने मानिसको नङ भेटियो । नङ भेटिएसँगै उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुखलाई खबर गरे । तयसपछि तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा आँगन स्वीट्समा छापा हानियो ।

हाल मिठाइ पसल सञ्चालक प्रकाश डोटेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्