भोजनशैलीमा जान्नै पर्ने कुरा



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) 

शरीरलाई स्वस्थ राख्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको खानपानलाई सही ढंगले प्रयोग गर्नु नै हो । अम्लीय खाना हानिकारक छ र क्षारीय खाना अति आवश्यक छ भन्ने बुझेर व्यवहारमा अपनाउनुपर्छ । हाम्रो रगत क्षारप्रधान भएकोले यसलाई कायम राखिराख्न अम्लीय भोजनको कटौती गरेर क्षारीय भोजनको बाहुल्यता हुनुपर्दछ ।

अम्ल र क्षार

अम्ल भनेको अमिलो पदार्थ बुझिन्छ । अम्लीय कुरा अमिलो भएझैँ क्षारीय पदार्थको स्वाद केही तीतो–टर्रो हुन्छ । प्रायः खानपान अम्ल वा क्षारप्रधान हुन्छ । तर कुनै कुरा तटस्थ (अम्ल वा क्षाररहित) पनि हुने गर्दछ । उदाहरणको लागि पानीलाई लिन सकिन्छ । पानी तटस्थ पदार्थ हो, जसको पीएच मान ७.० हुन्छ । तटस्थमा लिटमस पेपरको रंगमा केही परिवर्तन आउँदैन ।

रगत वा अरु पदार्थहरुमा अम्ल–क्षारको स्तर मापन गर्न हाइड्रोजनको शक्ति वा क्षमता वा पीएच (Potential of Hydrogen or Power of Hydrogen) परीक्षण गरेर थाहा पाउन सकिन्छ । यसरी हेर्दा शून्य (०) देखि ६.९ पीएच स्तरले अम्ल, ७.० ले तटस्थ र ७.१ देखि १४.० स्तरले उक्त कुरा क्षारीय भएको जनाउँछ । शून्य (०) ले अत्यधिक अम्लीय र १४ ले अत्यधिक क्षारीय जनाउँछ । त्यसैले अम्लको पीएच न्यूनतम ६.९ देखि उच्चतम ० सम्म र क्षारको पीएच न्यूनतम ७.१ देखि उच्चतम १४ सम्म हुन्छ । पीएच ७.०० यी दुवैको बीचको हो । मानव रगतको सामान्य पीएच स्तर ७.३५ देखि ७.४५ वा औसतमा ७.४० (हल्का क्षारीय) हुन्छ ।

अम्ल र क्षार के हो भन्ने कुरा परीक्षण गरेर थाहा हुन्छ । वैज्ञानिकरुपमा परीक्षण गर्दा नीलो लिटमस पेपरलाई अम्ल (एसिड) मा डुबाउँदा प्रतिक्रियास्वरुप यसको रंगमा परिवर्तन भई रातो हुन्छ । त्यस्तै क्षारीय झोलमा रातो लिटमस पेपरलाई डुबाउँदा त्यसको रंग नीलो हुनजान्छ ।

क्षारीय खाना सुपाच्य, प्राकृतिक, शुद्ध, स्वास्थ्यवद्र्धक र सात्विक हुन्छ, जुन खाइसकेपछि समस्या आउ“दैन, भएका रोगहरु पनि यस्ता खानपानबाट नियन्त्रण हुन सघाउ मिल्छ ।

अम्ल र क्षारको असन्तुलन

हाम्रो शरीरमा अम्ल र क्षारको असन्तुलन हुनुमा विभिन्न कारण छन् । जस्तै–

अम्लको मात्रा बढ्नु : अम्लयुक्त भोजन बढी मात्रामा प्रयोग गर्नु, शरीरमा अम्लको मात्रा बढी उत्पादन हुनु र शरीरबाट बाहिर निस्कनुपर्ने अम्लको निष्कासन प्रक्रिया घट्नुजस्ता कारणले रगतमा अम्लको मात्रा बढ्छ र अम्ल–क्षारको सन्तुलन बिग्रन्छ ।

क्षारको मात्रा घट्नु : कम मात्रामा क्षारीय भोजनको उपयोग, शरीरमा चयापचयको क्रममा क्षारीय तत्वको उत्पादन कमी भएमा र शरीरबाट क्षारीय तत्वको निष्कासन प्रक्रियामा वृद्धि भएमा त्यसबाट क्षारीय तत्व घट्न गई असन्तुलन आउन सक्छ ।

क्षारको मात्रा बढ्नु : रगतमा अम्लको मात्रा घट्नु र क्षारको मात्रा सामान्यभन्दा धेरै बढ्नुजस्ता कारणले गर्दा रगतमा अत्यधिक क्षारीय तत्व बढ्न गई अम्ल–क्षारको असन्तुलन हुनसक्छ ।

खानपानको भूमिका

हाम्रो शरीरमा अम्ल र क्षारको सन्तुलन वा असन्तुलनको अवस्था हामीले खाएको खानामा नै निर्भर रहन्छ । हामीले खाएको खाना पनि अम्लीय र क्षारीय दुवै खालको हुने हुँदा यस्तो भएको हो । शरीरमा सामान्य अवस्थामा ८० प्रतिशत क्षारीय र २० प्रतिशत अम्लीय अवस्था रहेको हुन्छ र हुनुपर्दछ । यही ८० प्रतिशत क्षारीय तत्वलाई कायम राख्न नै ८० प्रतिशत क्षारीय खाना र २० प्रतिशत मात्र अम्लीय खाना खानुपर्ने हुन्छ । तर वास्तविकता उल्टो छ । प्रायः अम्लीय खाना बढी तर क्षारयुक्त खाना निकै कम खाइएको पाइन्छ । खाएको खाना शरीरमा प्रवेश गरिसकेपछि पाचन, अवशोषणलगायतका चयापचय (मेटाबोलिक प्रोसेस) प्रक्रिया भैसकेपछि अन्त्यमा अम्ल, क्षार वा तटस्थ खालको गुणयुक्त तत्व बन्दछ । जस्तो खायो त्यस्तै पदार्थ शरीरमा उत्पन्न हुन्छ । जुन खानाको प्रयोगले अम्लीय तत्व उत्पादन हुन्छ त्यसलाई अम्लीय भोजन भनिन्छ । जे खाएपछि चयापचयको अन्तिम स्वरुप क्षारीय हुन्छ त्यस्तो खानपानलाई क्षारीय भोजन भनिन्छ । यसरी नै जे खाँदा त्यसको अन्तिम स्वरुप तटस्थरुपमा रहन्छ त्यसलाई तटस्थ भोजन भनिन्छ ।

अम्लीय खानपान

भोजनको ग्रहणपश्चात् त्यसले रगतमा अम्लको मात्रा बढाउने खालको भएमा त्यस्तो खानपानलाई अम्लीय खाना भनिन्छ । अम्लीय खाना अप्राकृतिक, अस्वस्थकर, विकृत, हानिकारक र स्वास्थ्यका दृष्टिकोणले स्तरहीन हुन्छन् । हाम्रो रगत क्षारप्रधान भएकोले अम्लीय खाना बढी खाँदा यसले रगतमा पीएच असन्तुलन हुन्छ, जसले गर्दा अनेक रोगहरु लाग्छन् । कतिपय खानेकुरा स्वतः अम्लीय हुन्छन् भने मानिसले पकाउने, खाने आदि तरिकाहरुमा गडबडी गरेर शुरुमा प्रकृतिले दिएको क्षारीय खानालाई पनि विकृत बनाएर अम्लीय खानाको रुपमा रुपान्तरण भएका हुन्छन् । अम्लीय खाना अप्राकृतिक, विकृत, हानिकारक, रोगकारक, जीवनी शक्तिको ह्रास गर्ने र तामसी प्रकृतिको हुन्छ । यस्ता खानाहरुमध्ये प्रायलाई त्याग्नै पर्छ भने केहीलाई न्यून गर्ने, त्यसलाई कहिलेकाहीँ थोरै मात्र प्रयोग गर्ने र क्षारीयका साथमा सन्तुलन गरेर मात्र प्रयोग गर्नुपर्छ ।

माछा, मासु, अण्डा, दूध, तेलमा तारेर–भुटेर पकाएको खाना, पनिर, मख्खन, बटर, चीज, वनस्पति घिउ, दही, चिनी, मिश्री, चिनीयुक्त खाना, चकलेट, मिठाई आदि अम्लीय आहार हुन् । यसरी नै चिया, कफी, हर्लिक्स, भीभा, बोर्नभिटा, चिसो पेय (कोक, फान्टा, पेप्सी, मिरिन्डा, डिउ, माजा, फ्रुटीलगायत बट्टाका जुस आदि), इनर्जी ड्रिंक (रेडबुल) जस्ता पेयहरु पनि अम्लीय हुन् । साथै मैदाबाट बनेका कुराहरु जस्तै– केक, पाउरोटी, बिस्कुट, दुनोट, पफ, चाउचाउ, पास्तालगायत अन्य बेकरी उत्पादनहरु अम्लप्रधान हुन्छन् । समोसा, पकौडा, निम्की, मालपुवा, पुरी, स्वारी, हलुवा, जेरी, डोसा तथा पत्रु खाना (जंक फूड) : बट्टा वा प्लास्टिकमा बन्द भएका वस्तुहरुलगायत चिप्स, बर्गर, पिज्जा, ममसमेत अम्लीय हुन् । यस्तै चुरोट, बिँडी, तमाखु, रक्सी, जाँड, छ्याङ, तोंग्बा, रम, ह्वीस्की, बियर, वाइन आदि हानिकारक र अम्लीय हुन् ।

अम्लीय खाना अप्राकृतिक, अस्वस्थकर, विकृत, हानिकारक र स्वास्थ्यका दृष्टिकोणले स्तरहीन हुन्छन् ।

हुन सक्ने समस्याहरु

अम्लीय खानेकुराहरु खानाले शरीरमा अम्लको मात्रा बढ्छ, रक्त अम्लीय हुन्छ अर्थात् पीएच स्तर कम गर्दछ । शरीरमा कमजोरी, आलस्य र अस्वस्थपन उत्पन्न हुन्छ । यसबाट हाडको घनत्व ९द्ययलभ मभलकष्तथ० घट्छ जसबाट हाड कमजोर हुने, मक्किने, हाडजोर्नीका समस्याहरु हुने आदि हुन्छ । बेसमयमै वा छिट्टै बुढ्यौलीका लक्षण र चिह्नहरु जस्तै– कपाल फुल्ने, छाला चाउरिने, छालाको चमक हराउने, मांसपेशी दुख्ने र कमजोर हुने, जीउ दुख्ने हुन्छ र यस्ता दुखाइ वा समस्याहरु दीर्घकालीन हुन्छ । दाँत तथा गिजाहरु कमजोर हुने, यसका रोग लाग्ने, पेटका समस्या हुनेसमेत हुन्छ । हर्मोनको गडबडी र अन्तस्रावीजन्य समस्याहरु शुरु हुन सक्छन् । कोष, तन्तु, अंगहरुलगायत प्रणालीगत कार्यमा पनि क्षति पुग्न जान्छ । यसरी नै श्वासप्रश्वास, रक्तसञ्चार, स्नायु, प्रतिरक्षा, निष्कासन, मूत्र, प्रजनन आदि प्रणालीमा नकारात्मक असर गर्न सक्छ । दीर्घरोगहरु जस्तै– उच्च रक्तचाप, मधुमेह, मुटुरोग, थाइराइड रोग, क्यान्सर, दम, बाथरोग, पत्थरी आदि रोगहरु हुने वातावरण तयार हुन्छ । शरीरमा विकारको मात्रा बढ्छ र यसबाट पेट, छाती, हृदय आदिका साना–ठूला रोग र समस्याहरु हुने हुन्छ । यसका साथै जीउमा दुख्ने, पोल्ने, झम्झमाउने, सुन्निने, ज्वरोजस्तो अनुभव हुने आदि लक्षणहरु पनि आउन सक्छ ।

क्षारीय खानपान

हामीले खाएको खानापछि त्यसले रगतमा क्षारको मात्रा बढाउँछ भने त्यस्ता खानपानलाई क्षारीय खाना भनिन्छ । मानव शरीर क्षारप्रधान हो । रगत क्षारप्रधान भएकोले खानपानको बाहुल्यता पनि क्षारयुक्त नै हुनुपर्दछ । यदि क्षारीय आहारको मात्रा बढाउनुपर्नेमा सोको प्रयोग घटेर अम्लीय खापानको उपभोग बढी हुन थाल्यो भने त्यसबाट समस्या आउँछ । मानिसले खान नजानेर वा जानाजानी पनि स्वादको पछि लागेर क्षारीय खानालाई छोडेर अम्लीय खानाले पेट भरिरहेको छ । क्षारीय खाना सुपाच्य, प्राकृतिक, शुद्ध, स्वास्थ्यवद्र्धक र सात्विक हुन्छ, जुन खाइसकेपछि समस्या आउँदैन, भएका रोगहरु पनि यस्ता खानपानबाट नियन्त्रण हुन सघाउ मिल्छ । त्यसैले यस्तो खानपानको महत्व अति नै रहेको छ ।

हरेक ताजा फलफूल तथा ताजा फलको रस क्षारीय हुन्छ । अमला, कागती, निबुवा आदि अमिलै खालका भए पनि खाएपछि ती फलहरु क्षारीय स्वरुपमा परिवर्तन हुन्छन् । अपक्वाहार अर्थात् भिजाएर टुसा पलाएका अंकुरित अन्नहरु जस्तै– टुसा पलाएको चना, मुँग, बदाम, मेथी आदिलाई नपाकाईकनै काँचै खाँदा त्यो क्षारप्रधान हुन्छ । सबै प्रकारका हरिया तरकारी, सागपात र सुख्खा फलहरु जस्तै– अंजिर, किसमिस, मुनख्खादाख, खजुर (चास्नीमा नहालेको), ताजा नरिवलसमेत क्षारीय खानेकुरा हुन् । मही, कागती–पानी, जडीबुटी चियालगायत ताजा फलको रस, कन्दमूलको रस, तरकारीका रसहरु क्षारीय खानपानका उदाहरण हुन् ।

क्षारीय खानपानका फाइदाहरु

क्षारीय खानेकुराहरुको प्रयोगबाट शरीरमा चयापचय क्रियाबाट उत्पन्न भई बढेको अम्ल घट्छ । क्षारीय खानपानले शरीरको विकार हटाउन, निर्विषीकरण र शोधन गर्न सहयोग गर्छ । क्षारीय भोजन सुपाच्य र स्वस्थकर हुने हुँदा यसले शरीरमा भार पार्दैन । यसले शरीरलाई ऊर्जावान्, छरितो र व्यवस्थित बनाउँछ । यसले रक्तशुद्धि गर्ने, रगत बग्ने नलीहरुलाई सफा गर्ने, रगतमा भएको हानिकारक चिल्लो ९ीष्उष्मक० को कटौती गरी सन्तुलित बनाउने र अवरोध तथा विकारहरु हटाउने गर्दछ । क्षारीय खानाले प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ, जसले गर्दा रोग लाग्नबाट सुरक्षा प्रदान गर्छ । क्षारप्रधान खानाले बुढ्यौली घटाउँछ, पुनर्यौवन प्रदान गर्दछ । उमेर बढ्दा हुने मांसपेशीको कमजोरी र क्षतिलाई कम गर्छ । यसले दाँत, गिजा, हाडजोर्नी आदिलाई बलियो र स्वस्थ बनाउँछ । दृष्टिक्षमताको विकास गर्छ । शरीरका रोगहरु, दुखाइ, कमजोरीहरु आदि समस्यामा क्षारीय भोजनको उपयोग अत्यन्त लाभदायक हुन्छ । क्षारीय खानाले बुद्धि, स्मरण–क्षमता, सात्विकता, चरित्र निर्माणजस्ता कुराहरुको पनि विकास गर्छ । यसले कोशिका, तन्तु तथा अंग विशेषको मर्मत, रोग निवारण तथा रोगको रोकथाममा शीघ्र कार्य गर्दछ ।

क्षारीय खानाले हाम्रो जीवनलाई सकारात्मक र स्वस्थ बनाउन सहयोग गर्ने हुनाले घर तथा बाहिर खाँदा पनि यसैलाई प्राथमिकता दिनुपर्दछ । रोग लाग्नै नदिन र रोग लागिसकेपछि पनि बिग्रन नदिन र निको पार्नका लागि क्षारीय भोजनले निकै सहयोग गर्ने हुँदा हामी सबैले यसलाई प्राथमिकता दिउँ ।

प्रतिक्रिया दिनुहोस्