सुदूरपश्चिम प्रदेशका ओली निकट मन्त्री बर्खास्त



न्युज अफ नेपाल, काठमाडौं । 

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई आज बर्खास्त गरेका हुन् । मन्त्री बोहरा नेकपा अध्यक्ष आकेपी शर्मा ओली निकट रहेका छन् ।

मन्त्री बोहरालाई बर्खास्त गरेपछि मुख्यमन्त्री भट्टले प्रचण्ड माधव नेपाल पक्षका प्रदेश सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको कित्ताकाट अब प्रदेश तहमा पनि खुलेआम देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्