पलसँग टिकटकस्टार दिदीबहिनी



गायक विशाल निरौलाको नयाँ गीत रिलिज भएको छ। माया लाउन मस“ग बोलको गीतमा विशालसँगै पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालको समेत स्वर रहेको छ।
गीतको म्युजिक भिडियोमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका ढकालले मोडलिङ गरेका छन्। उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन्। गीतको भिडियोमा दुवै दिदीबहिनीस“ग पलको रोमान्स देखाइको छ। यो गीत रचना, स्मारिका र सामरिकाको समेत पहिलो सहकार्य हो। गीतमा केशव बैरागी माइलाको शब्द रचना रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्