गजल



यसो त्यसो गरेरै कुरा पचाउन मिल्छ र  ?
आलटाल गरेरै पद बचाउन मिल्छ र  ?

गर्छौ नि भनेको कयौँ वर्ष बितिसक्यो
घरी घरी हामीलाई झुक्याउन मिल्छ र  ?

जनताले बोलेको साँच्चै नसुनेको हो र  ?
देशको ढुकुटी त्यसै रित्याउन मिल्छ र  ?

विश्वासले नै हो भोट हाली जिताएको
सोझा सम्झेर त्यसै छक्याउन मिल्छ र  ?

खुसी दिलाउनु भो राणाशासन हटाई
फेरि पनि हामीलाई नै सताउन मिल्छ र  ?

देशकै लागि काम गर्छु भनिसकेपछि
बिनाकाम त्यसै समय कटाउन मिल्छ र  ?

यसो त्यसो गरेरै कुरा पचाउन मिल्छ र  ?
आलटाल गरेरै पद बचाउन मिल्छ र  ?

प्रतिक्रिया दिनुहोस्