नेपाल रेडक्रसको उपमहामन्त्रीमा ढकाल चयन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित हुनु भएको छ । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औँ बैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो ।

आजै नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उहाँलाई नेपाल रेडक्रसका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गर्नुभयो । उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजीक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताउँदै भन्नुभयो : ”नेपाल रेडक्रसमा सुद्धिकरणका साथै स्वच्छ मानवीय संस्थाको रुपमा नेपाल रेडक्रसप्रति मानिसहरुको विश्वास वढाउने गरी काम अगाडि बढाइने छ ।”

पदभार ग्रहण कार्यक्रममा नेरेसोका उपाध्यक्षद्धय शर्मिला कार्की र डा. विश्वकेशर मास्के, केन्द्रीय सदस्यहरु, कार्यकारी निर्देशक उमेश ढकाल र नेरेसोका कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रीपरिषद) ले गठन गरेको बर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

यूवा व्यक्तित्व नेरेसोको उपमहामन्त्री पदमा आउनुले परिवर्तनको संकेत दिएको उपाध्यक्ष डा. मास्केले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्