बागमतीमा नयाँ सरकारको गृहकार्य



न्युज अफ नेपाल, हेटौंडा ।

बहुमत रहेको नेकपाको सरकारविरुद्ध आफ्नैबाट अविश्वास प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेपाल कम्युनिष्ट पार्टीकै प्रचण्ड–माधब समँहले सरकार बनाउने छलफललाई तीव्रता दिएको छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको हो ।

तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गर्नुभएका पौडेलविरुद्ध सत्तारुढ नेकपाभित्रकै विवादले दाहाल–नेपाल पक्षबाट अविश्वास प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस नमिली सरकार नबन्ने भएकाले कांग्रेससँगको छलफललाई तीव्रता दिइएको नेकपा बागमती प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेलले बताउनुभयो ।

बागमतीमा मुख्यमन्त्री पौडेलविरुद्ध उहाँले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएर संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने क्रममा नेतृत्व गर्नुभएको थियो । कांग्रेससँग सहमति गरेर बागमती प्रदेशमा सरकार बनाउँदा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने ‘बटमलाइन’ बाट कुरा भइरहेको भन्दै उहाँले शाक्यलाई मुख्यमन्त्री बनाउने बटमलाइनबाट आफँहरु पछि नहट्ने दाबी गर्नुभयो ।

केन्द्रदेखि प्रदेशसम्मका नेताहरु र सांसद्हरुसँग कुराकानी भइरहेको उहाँको कथन छ । आफ्ना पक्षका ४६ सांसद् र नेपाल कांग्रेसका २२ सांसद् प्रदेशमा भएकाले आफँहरुले मुख्यमन्त्री पाउनुपर्ने अडानमा प्रचण्ड–माधब समँहका सांसद् छन् ।
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वास प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ निश्चय छ ।

यस विषयमा कांग्रेस तानातानमा छ । प्रचण्ड–नेपाल समँह र ओली समँह दुवैले कांग्रेसबाहेक दललाई साथमा लिएर सरकार बनाउन सक्ने अबस्था छैन । प्रदेशमा नेकपा र कांग्रेसबाहेक दलसँग ८ मात्र सांसद् छन् । साझा विवेकशीलका ३, मजदुर किसान पार्टी र राप्रपाका २÷२ तथा स्वतन्त्र एक सांसद् छन् ।

यी ८ सांसद्ले साथ दिँदा पनि नेकपाका दुवै समँहमा बहुमत पुग्ने नभएपछि अबको सरकार निर्माणमा कांग्रेसको मत निर्णायक हुने देखिन्छ । मुख्यमन्त्री पौडेलको पद रहने वा गुम्ने निर्णय कांग्रेसको हातमा छ । प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ सांसद्को समर्थन आबश्यक पर्छ ।

जसका लागि प्रचण्ड–नेपाल समँहलाई कांग्रेसले साथ दिए सहज हुने देखिन्छ । प्रचण्ड–नेपाल समँहमा ४५ र कांग्रेसका २२ सांसद् एक भए नयाँ सरकार गठनका लागि आबश्यक बहुमत पुग्ने देखिन्छ । प्रचण्ड–नेपाल समँहले अघि सारेकी शाक्यलाई मुख्यमन्त्री बन्न आफ्नाबाहेक ११ मत आबश्यक पर्छ ।

संसदीय दलका उपनेता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड) र माधबकुमार नेपाल पक्षधर सांसद्हरुले शुक्रबार विहान मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४५ सांसद्ले हस्ताक्षर गरेको हस्ताक्षरकर्ता सांसद् ओमबहादुर ग्लानले जानकारी दिनुभयो ।

संसद् सचिवालयमा ४५ सांसद्ले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिएको छ । शुक्रबार विहान ११ः२५ बजे सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सचिवालयस्रोतले जानकारी दिएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।

सामँहिक राजीनामापत्रमा प्रदेश सरकार कामकारबाही र दिशाविहीन हुनुमा मुख्यमन्त्री पौडेलको सुस्त कार्यशैली रहेको औंल्याइएको छ । प्रदेशका मुख्यमन्त्री पौडेलले तीन मन्त्रालयको कामकारबाही आफैंले सम्हाल्नुभएको छ । प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हाल्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफँले नै सम्हाल्ने लिखित जानकारी प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई सिफारिस गरेअनुसार प्रदेश प्रमुखले उक्त सँचनाको जानकारी सार्वजनिक गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्