पूर्व गृहमन्त्री जोशीलाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व गृहमन्त्री गोविन्द राज जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल वहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा पनि हुने भनिएपनि केहिदिन यता अक्सिजन लेभल कम भएपछी उहाँलाई अब्जरभेसनको लागि ह्याम्स अस्पताल हस्पिटलमा भर्ना गराइएको छ।

उहाँसंग नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन पनि अनुरोध गरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्