पठाओको कार्यालयमा तोडफोड, २६ चालक प्रहरी नियन्त्रणमा



न्युज अफ नेपाल, काठमाडौं ।

आफ्ना माग पुरा नभएको बताउँँदै राइड सेयरिङ एप पठाओका चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । कमिसन घटाउन माग गर्दै गत सोमबार चालकको एक टोलीले कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुको माग अनुसार कम्पनीले हाल लिइरहेको २० प्रतिशत कमिसन घटाएर अधिकतम् ८ प्रतिशत मात्रै लिनुपर्ने थियो । तर, सो मागमा भने कम्पनिले सहमत भएको छैन । यस्तै, चालकको माग अनुसार कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लखाकको दुर्घटना बिमा गर्ने घोषणा गरेको छ ।

कम्पनीले आफ्ना अन्य मागहरु पुरा नगरेको बताउँदै कार्यालय घेराउ गर्न पुगेका चालकले कायालय भवनको झ्यालका सिसा फुटाएका थिए । उनीहरुमध्ये २६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्