‘गेम अफ थ्रोन्स’ गेमका निर्माताको विष दिएर हत्या



एजेन्सी ।

यूजू गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ लिन छिको विष दिएर हत्या गरिएको छ । चिनियाँ गेम डेभलपर लिन छिको क्रिसमसका दिनमा हत्या गरिएको हो ।

उनल ‘गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्र्याटेजी’ गेम निर्माण गरेका थिए । उनको हत्याका मुख्य आरोपी उनकै एक मुख्य सहयोगी रहेका छन् । हत्या आरोपीलाई नियन्त्रणमा लिइ सकेको विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । ३९ वर्षीय लिन एक अर्ब ३० करोड डलर सम्पतिका मालिक थिए । लिनले सन् २००९ मा यूजू स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्