रहाणेले शतकमा भारतलाई अग्रता



नयाँदिल्ली, (एजेन्सी)
कार्यवाहक कप्तान आजिन्क्य रहाणेले शतक प्रहार गर्दा भारतले अस्टे«लियाविरुद्धको दोस्रो टेस्टमा ८२ रनको अग्रता लिएको छ ।
मेलबर्नमा भएको ‘बक्सिङ डे टेस्ट’को दोस्रो दिन नियमित कप्तान विराट कोहलीको स्थानमा कप्तान बनेका रहाणेले १ सय ४ रन बनाए । २ सय बलको सामना गरेका उनी क्रिजमा अझै डटिरहेका छन् । आइतबारको खेल समाप्तिसम्म भारतले ५ विकेटको क्षतिमा २ सय ७७ रन बनाएको छ । अर्को इन्डमा रवीन्द्र जडेजा क्रिजमा रहेका छन् ।
जडेजा र राहाणेले छैटौं विकेटका लागि नटआउट रहँदै १ सय ४ रन साझेदारी गरेका छन् । रहाणे व्यक्तिगत ७३ रन हुँदा उनको ‘क्याच ड्रप’ गर्नु अस्टे«लियाको लागि घातकसिद्ध भएको छ । बिहानी सेसनमा प्याट कमिन्सले छिटो २ विकेट लिएर घरेलु टिम अस्टे«लियालाई राम्रो शुरुआत दिलाएका थिए । उनले शुभमन गिललाई ४५ रनमा र चेतेश्वर पुजारालाई १७ रनमा आउट गरेका थिए । योसँगै भारत ३ विकेटको क्षतिमा ६४ रनमा थियो ।
तर, रहाणेले लगातार तीनवटा राम्रो साझेदारी गरेर भारतलाई बलियो बनाए । ३२ वर्षीय क्रिकेटरले हनुमान बिहारीसँग ५२ रन र ऋषभ पन्तसँग ५७ रनको साझेदारी गरेका थिए । त्यसपछि, जडेजाजस्ता उत्कृष्ट साथी भेटेपछि भारतले रनको गति बढायो । जडेजा ४० रनसम्म नटआउट रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्