खेलमन्त्री लामाको स्वागत



काठमाडौं, (नेस)
नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतले मन्त्री लामालाई स्वागत गरेका हुन् । स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए । मन्त्री लामाले आइतबार खेलाडीको जीवन वृद्धिसम्बन्धी फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरेका थिए ।
यसअघि, मन्त्रालयले निवर्तमान युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई बिदाइ गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर तथा विस्तार गर्दा विश्वकर्मा पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्