भूमिकाको चोली मैलो भो



गायिका भूमिका गिरी र गायक प्रकाश दुतराजको स्वर रहेको गीत चोली मैलै भो बोलको गीत हालै सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय छ।

विद्यार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेमलाई समेटेर म्युजिक भिडियो निर्माण गरिएको छ। पछिलो समय चर्चामा रहेको बुट्टा भरेकोको सफलतापछि गायिका भूमिका गिरीले आप्नो युट्युब च्यानमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन्।

गीतमा शब्द र संगीत भर्ने काम प्रकाश दुतराजले नै गरेका छन्। यस गीतको म्युजिक भिडियो छायांकन करन चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका छन्। सम्पादन नवीन घर्तीमगरले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्