सोमबारकाे माैसम : पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली



काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो । अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्