चिनियाँ गुओ टोलीद्वारा प्रचण्डसँग भेटवार्ता



काठमाडौं ।

 चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको हाे  ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो । सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्