कोभिड अस्पतालहरुको सूचीबाट निजी अस्पताल हट्यो



काठमाडौं ।

सरकारले कोभिड अस्पतालहरुको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सो सूचीमा राख्ने कार्यलाई स्थगन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसीएस बैठकले सो निर्णय गरेको हो ,त्यस्तै स्वास्थ्य मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुःन सूचिकृत गरी सेवा प्रवाह गराउने भएकोले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

साथै सो सूचीमा रहेका नीजि अस्पतालहरुमा पौष १२ गतेसम्म भर्ना भई दश दिनसम्म उपचार गराउने संक्रमितहरुको उपचार बापतको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्